Rashtriya Dainik

तथ्यविपरीत प्रचारप्रसार रोक्न यातायात व्यवस्था कार्यालय बाराको आग्रह

वीरगंज ,२२ असार

सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरुमा निमित्त प्रमुख चिन्तन आचार्य सँग सम्बन्धित एउटा पुरानो भिडियो सार्वजनिक भए पछि यातायात व्यवस्था कार्यालय कलैया बाराले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

घटना २०८२ साल फागुन महिनामा कार्यालय समय भित्र भएको जनाईएको छ । सम्बन्धित व्यक्तिले आफू पत्रकार भएको परिचय दिँदै कार्यालयमा प्रवेश गरी कर्मचारीहरू माथि अनावश्यक दवाव सिर्जना गर्ने, अपशब्द प्रयोग गर्ने तथा कार्यालयको नियमित कार्यसम्पादनमा अवरोध पु¥याउने कार्य गरेपछि सामान्य विवाद उत्पन्न भएको सो विज्ञप्तीमा उल्लेख रहेको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियो घटनाको सम्पूर्ण दृश्य नभई सानो अंश मात्र सम्पादन गरी राखिएको हुँदा त्यसका आधारमा घटनाको वास्तविकता बुझ्न कठिन हुन्छ । घटना पछि दुवै पक्ष बीच आपसी छलफल भई मिलापत्र समेत भइसकेको विषय सम्बन्धित पक्षलाई अवगत नै रहेको विज्ञप्ती मार्फत जनाईएको छ ।

कार्यालय प्रमुख वा कर्मचारीहरूको कुनै पनि उद्देश्य सेवाग्राही माथि दुव्र्यवहार गर्ने नभई कार्यालयको शान्ति, सुरक्षा तथा नियमित सेवा प्रवाहलाई कायम राख्ने रहेको स्पष्ट पार्दै घटनाबारे सम्बन्धित निकायले आवश्यक अनुसन्धान वा छानबिन गरेमा कार्यालय पूर्ण रूपमा सहयोग गर्न प्रतिवद्ध रहेको जानकारी गराइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित