Rashtriya Dainik

पर्साको जमुनियामा साढे २२ लाखको लागतमा निर्मित प्रवेशद्धारको पूर्वमन्त्री रिजालले गरे उद्घाटन

राजन कुमार बानिया /पर्सा ,२२ असार

पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ जमुनिया गाँउमा प्रवेश गर्ने स्थानमा नवनिर्मित पक्की प्रवेशद्धार ( गेट) को सोमबार समुद्घाटन गरिएको छ ।

पूर्व उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री एंव पूर्व सांसद रमेश रिजालले उक्त स्वागत प्रवेशद्धार ( गेट) को सोमबार समुद्घाटन गरेका हुन् । जगरनाथपुर गाँउपालिकाको नगरस्तरीय बजेटबाट उपलब्ध् २२ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको उक्त प्रवेशद्धारको पूर्वमन्त्री रिजालले समुद्घाटन गरेका हुन् ।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षता तथा पूर्वमन्त्री रिजालको प्रमुख आतिथ्यतामा आयोजित समुद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडाध्यक्षहरु सुभाष यादव, लक्ष्मी साह तेली, नेपाली कुशवाहा, बिहारी नुनीयाका साथै स्थानीय अगुवा, समाजसेवी लगायतकाकोपनि सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित