राष्ट्रिय दैनिक / नवलपरासी ,१६ असाेज
सहज अवस्थामा तारे होटलदेखि हिमाल/पहाड/तराईका होमस्टे/रिसोर्ट आदिसम्म पुगेर सेवा गर्ने, सचेतना फैलाउने, सशक्तीकरण गर्ने एनजीओ/आईएनजीओको खोजी अहिले भइरहेको छ ।

मुलुकभित्र नै दर्ता भएका हजारौँ एनजीओ र मुलुकभित्र काम गर्दै आएका सयौँ आईएनजीओ आज यस्तो विपत्तिका बेला कता हराएका छन् ? यो आमचासोको विषय बनेको छ ।

पश्चिम नवलपरासीमा युनाइटेड मिसन टु नेपाल , इन्द्रेणी सामाजिक विकास मञ्च , सुनवल सामुदायिक बिकास केन्द्र, बेस नेपाल ,असल छिमेकी नेपाल , एबिसि नेपाल,युनिसेफ,स्ट्राेम फाउन्डेसन नेपाल ,रेडक्रस, फेअर मेड,हेलेन केलर,भिटामिन एङ्गल्स,आई.डि.ई लगाएको थुप्रै “एनजीओ/आईएनजीओ”हरु कार्यक्षेत्र बनाइ काम गरिरहेका छन ।

तर यी तमाम “एनजीओ/आईएनजीओ”हरु डलर भजाउने काम मात्रै गरिरहेका छन ।
अबिरल बर्षाका कारण पश्चिम नवलपरासीकाे विभिन्न स्थानीय तहमा ६५० भन्दा बढी बस्ती प्रभावित भए। केही घर विस्थापित पनि भए , तर समयमा नत स्थानीय सरकारले नै मलहमकाे काम गर्याे नत डलर भजाउने “एनजीओ/आईएनजीओ”हरु ।

वर्षाका कारण जिल्लामा क्षति पुगेपनि ठूलो जनधनको क्षति नभएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
आफ्नो उद्देश्यमा सेवामूलक राख्ने यस्ता संस्थाले जतिबेला सेवा गर्नुपर्ने अवस्था आउँछ, त्यसबेला जाडोमा दुलोभित्र लुकेको सर्पझैँ लुक्नुले यी संस्थामाथि प्रश्न उठ्नु स्वाभाविक पनि हो ।

यस्तो बेला यी संस्थाले गच्छेअनुसार सहयोग गर्न सक्थे । करोडौँ रुपैयाँ फ्रिज हुन सक्ने रकमले आवश्यक स्वास्थ्य सामग्री उत्पादन/वितरण गर्न सक्थे । केही नभए गरिब/विपन्न र दैनिक ज्याला मजदुरी गरेर खानेहरू अहिले बिचल्लीमा छन्, अभावमा छन्, उनीहरूका लागि राहत जुटाइदिन सक्थे । तर, यी सेवाभाव का नाममा सञ्चालित एनजीओ/आईएनजीओ आज चालचुलविहीन छन् ।

मरेको गाईलाई उपियाँले छाडेजस्तो दु:ख, अभाव र सङ्कटमा रहेको देश र जनतालाई यिनले भुलेका छन्, बेवास्ता गरेका छन् । तर, सहज अवस्थामा भने अझै यी चम्किनेछन् पुन:- तारे होटल, रिसोर्ट, होमस्टे आदिमा लाखौँ रुपैयाँ जाँड-मासुमा खर्च गर्दै केके न लछारपाटो लगाएको कागजी रिपोर्ट बनाउँदै ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

