Rashtriya Dainik

क्षेत्रीय सभापतिलाई ज्ञापन पत्र : क्रियाशील फाराम वितरणमा धाँधली गरेको आरोप

रन्जित शर्मा / नवलपरासी , १५ असोज।

नेपाली कांग्रेस पश्चिम नवलपरासीले क्षेत्र नं २ का क्षेत्रीय सभापतिले सदस्यता क्रियाशील फाराम वितरणमा धाँधली गरेको आरोप लगाएका छन्।

आज नेपाली कांग्रेस पश्चिम नवलपरासीले क्षेत्र नं २ क का सभापति यम प्रसाद भुसालको नेतृत्वमा क्षेत्रीय सभापति माधव पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै अस्तो भनेका हुन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले गत साउन ६ गते बैठक बसी ४५ दिन भित्र नयाँ र पुराना  गरी कियाशिल फाराम भरेर तोकिएको शुल्क सहित बुझाउन र पुरानालाई कृयाशिल कार्ड समेत भरेर नविकरण गर्ने भनि बुझाएको फारम हाल सम्म वडा वडा सम्म नगएको ज्ञापन पत्रमा उल्लेख छ।

संघीय सभापति माधव पाण्डेले नेपाली कांग्रेसका विधान बमोजिम तहगत रुपमा फारम नबुझाएको र केहि ठाउमा पुरानो फारम मात्र बुझाएको भनि जिल्ला कार्यसमितिमा उजुरी परेको थियो। त्यस उजुरीको आधारमा जिल्ला कार्यसमितिले क्रियाशील फारम बुझाउन क्षेत्रीय कार्य समितिलाई पटक पटक पत्राचार गर्दा पनि संघीय सभापति माधव पाण्डेले आलटाल गरेको तथा म बुझाउदैन मेरो अधिकारको कुरा हो कसैले केहि गर्न सक्दैन भनि गैर जिम्मेवार अभिव्यक्ति दिएको कारणले वाध्य भएर ज्ञापन पत्र बुझाइएको बताएका छन्।

ज्ञापनपत्र बुझाउँदै प्रदेश क्षेत्रीय सभापति यम प्रसाद भुसालले ३ दिन भित्र नयाँ र पुराना गरी क्रियाशील फारमहरु र क्रियाशील कार्ड नबुझाए १७ गते देखि क्षेत्र नं.०२ को क्षेत्रीय कार्यसमितिको कार्यालयमा अनिश्चितकालिन ताला बन्दि गर्ने चेतावनी समेत दिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित