आरपि उपाध्याय / नवलपरासी ,८ असाेज
पशुपतिनाथ दर्शन गरि फर्किदै गरेको भारतीय तिर्थालु बोकेको बस दुर्घटना हुँदा बसमा सवार २३ व्यक्ति घाइते भएका छन।
तिर्थालु बोकी काठमाडौंबाट पश्चिम तर्फ आउदै गरेको बस पश्चिम नवलपरासी विनयी त्रिवेणी १ को विनयी पुल घुम्ती स्थित पुर्व पश्चिम राजमार्गमा अनियंत्रित भइ पल्टिँदा तिर्थालु घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी निरीक्षक गौतम बोहराले जानकारी दिनुभएको छ।
पशुपति दर्शन गरि फर्किदै गरेको RJ14 PC3545 भारतीय नम्बर प्लेटको बस चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
बसमा सवार ५० तिर्थालु मध्ये २३ जना घाइते भएकोमा उनीहरुको उपचार विनयी त्रिवेणी आधारभुत स्वास्थ्य चौकीमा भइरहेको बताइएको छ।
तिर्थालु बोकी फर्किदै गरेको बस दुर्घटनाको खबर पाउनासाथ ई.प्र.का. दुम्किबासका प्रहरी निरीक्षक सुदिप भण्डारीको नेतृत्वमा गएको प्रहरी टोलीले घाइतेलाई तत्काल उपचारका लागि स्वास्थ्य चौकी पुर्याएको थियो।
बस चालक फरार रहेको र दुर्घटनामा परेको बस हालसम्म पनि घट्नास्थलमा रहेको बताइएको छ।
घाइते हुनेहरुमा भारत राजस्थान बस्ने वर्ष ४३ का बृजमोहन,वर्ष ५२ का टाखा शर्मा,वर्ष ४८ का रामफुलमिनी,वर्ष ३० का धनपाल प्रजापती,वर्ष ६० कि झोलीदेवी पण्डित,वर्ष ५८ का रमेश शर्मा,वर्ष ५४ की निर्मला देवी शर्मा,वर्ष ७० का हनुमान साह,वर्ष ५० कि मधुरादेवी शर्मा लगायत २३ व्यक्ति घाइते भएको प्रहरीले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

