संजय कुशवाहा / नवलपरासी ६ असोज
नेपालबाट चोरबाटो भएर भारततर्फ भित्र्याउदै गरेको चाइनिज लहसुन सशस्त्र प्रहरीले फेला पारी नियन्त्रण गरेको छ ।
नेपालबाट अवैध रूपले टाउकोमा राखी खेतको बाटो भएर भारततर्फ भित्र्याउदै गर्दा सिमा नजिकबाट ३० किलोको प्रति बोरा १० बोरा चाइनिज लहसुन सशस्त्र प्रहरी टोलिले नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ बन्कटी स्थितबाट सनिवार राति बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ ओसारपसार गर्ने तस्करहरुले नेपालबाट अवैध रूपमा लहसुन भारत भित्र्याउदै गर्दा सुचना प्राप्त भएपछि सशस्त्र वि ओ पी बलिनगरका सशस्त्र प्रहरी निरिक्षक संतोष सापकोटाको नेतृत्वमा खटिएको टोलीले बरामद गरेको हो ।
भारत भित्र्याउदै गर्दा सशस्त्र प्रहरी टोलीलाई देखेर लहसुन धानको खेतमा फाली मानिस भागेका थिए ।
उक्त बरामद गरेको लहसुन करिब १ लाख ८ हजार मुल्य बराबरको रहेको छ भने बरामद भएको अवैध लहसुन आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय पठाउने कार्य भइरहेको सशस्त्र प्रहरी २६ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बलिनगर विओपीका सशस्त्र प्रहरी निरिक्षक सापकोटाले आएदेखि अबैध काम गर्नेमाथि धमाधम एक्सन लिँदै आएका छन् । भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ अबैध रुपमा आयातनिर्यात गर्ने सक्रिय गिरोहहरूको भागाभाग भएको हो ।
सशस्त्र प्रहरी निरीक्षक सापकोटाले बलिनगर विओपीमा आएको दुई महिना बीचको अवधिमा करिब ६ लाख भन्दा बढीको तस्करीकाे सामान बरामद गरि कार्वाही गर्नुभएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

