रन्जीत शर्मा/ नवलपरासी/ १९ माघ ।
नेपाली काङ्ग्रेस केन्द्रिय समितीको निर्देशन अनुसार आज देशकै ७७ जिल्लाका भातृ संगठनले गरिरहेको प्रतिनिधि सभा विघटन विरुद्धको बिरोध कार्यक्रम अनुरुप आज पश्चिम् नवलपरासीको नेपाल विद्यार्थी संघले परासीमा बिरोध कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली काङ्ग्रेस नवलपरासीको पार्टी कार्यालय बाट सुरु भएको र्याली बुद्ध चोक परासीमा कोणसभामा परिणित भएको थियो ।
नेपाल बिद्यार्थी संघ पश्चिम् नवलपरासीले आयोजना गरेको बिरोध कार्यक्रम नेपाल विद्यार्थी संघ नवलपरासीका नि० वर्तमान अध्यक्ष दधिराम पौडेलको अध्यक्षता तथा नेपाली काङ्ग्रेस नवलपरासीका उप-सभापति अर्जुन पोखरेलको प्रमुख अतिथिक्तामा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल विद्यार्थी संघ नवलपरासीका पदाधिकारी तथा विभिन्न भात् संगठनका नेताहरु सहभागिता रहेको कार्यक्रम नेपाली काङ्ग्रेस नवलपरासीका जिल्ला सदस्य चन्द्र ढकाल ,आराधाना भट्ट , सिना कुन्वर , नरेश भट्टराई , नेपाल विद्यार्थी संघ नवलपरासीका नि० वर्तमान उप- सभापति राकेश गुप्ता लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम चेतनरायण भण्डारीले सन्चालन गरेका थिए भने स्वागत मन्तव्य किशोर गैरेले राखेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

