आरपी उपध्याय / नवलपरासी १९ भदौ
पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ मा सिमा सहजीकरण समितिको बिस्तारित बैठक वडा कार्यालयमा मङ्गलबार सम्पन्न भएको छ।
विनयी त्रिवेणी गा.पा. वडा न.७ का वडा अध्यक्ष उमेश कार्कीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो।
सिमा सहजीकरणको बैठकमा सिमा क्षेत्रमा उत्पन्न समस्या र विवाद अन्त्य गर्ने तथा सिमा क्षेत्रको नेपाल भुमीमा अवैध जग्गा अतिक्रमण र घर टहरा बनाइने कार्य रोकथाम गर्ने कार्यबारे पनि बैठक केन्द्रित रहेको समितिका सदस्य दिपक कुवरले जानकारी दिनुभएको छ।
विनयी त्रिवेणी गा.पा. वडा न.७ अन्तर्गत नेपाल भारत अन्तर्राष्ट्रिय सिमानामा हुने अवैध गतिविधि रोकथाम नियन्त्रण तथा सिमा क्षेत्रमा हुने लागू औषध दुर्व्यसनी नियन्त्रण गर्ने बारे पनि बैठकमा छलफल भएको थियो।
सो अवसरमा सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बिओपी का सशस्त्र प्रहरी निरीक्षक गणेश बहादुर थापा, ईलाका प्रहरी कार्यालय त्रिवेणीका स.ई. महेश रायमाझी, लक्ष्मी आमा समुहकी अध्यक्ष भागिरथा घर्ती मगर, त्रिदेव युवा क्लबका अध्यक्ष गौतम उपाध्याय र स्थानीय सञ्चारकर्मीको पनि उपस्थिति रहेको बताइएको छ।
निष्क्रिय रहेको सिमा सहजीकरण समितिलाई अझ बढी क्रियाशिल र चलायमान बनाउन अनुगमन कार्यलाई पनि प्राथमिकताका साथ अघि बढाउने निर्णय भएको समितिले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

