राष्ट्रिय दैनिक / नवलपरासी ,१२ भदौ
आम नागरिकलाइ स्थानीय तहबाट नै कुनै प्रकारको चिठ्ठीपत्रहरु दर्ता गर्ने देखि लिएर वितरण गर्ने तथा हुलाक सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा हुलाक कार्यालय सञ्चालनमा आएको छ ।
सरावल गाउँपालिका वडा नम्बर ३ सरावलमा हुलाक कार्यालय सञ्चालनमा आएको हो । एक कार्यक्रम बिच सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले उक्त कार्यालयको उद्घाटन गर्नुभएको हाे ।

अध्यक्ष चौधरीले उद्घाटन गरेसंगै उक्त कार्यालय सञ्चालनमा आई सेवा प्रदान गर्न शुरु गरेको हुलाक कार्यालय सरावल प्रमुख प्रबिन केसरीले जानकारी दिनुभयाे ।
आम नागरिकलाई स्थानीय तहबाट नै हुलाक सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्यले सरावल गाउँपालिकामा हुलाक कार्यालय सञ्चालन गरिएको पालिका अध्यक्ष चाैधरीले बताउनुभयो । एक पालिका एक हुलाक कार्यालय स्थापना गर्ने उद्देश्य अन्तर्गत सरावलमा हुलाक कार्यालय स्थापना गरिएको समेत बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

