तिलोत्तमा / १८ माघ तिलोत्तमा मणिग्राम युथ क्लबको नयाँ नेतृत्वमा प्रदिप खराल चयन भएका छन् । २०७७/१०/१७ गते शनिबार तिलोत्तमा ५ मणिग्राममा रहेको श्री सरस्वति पन्च्यात्न मन्दिरमा तिलोत्तमा मणिग्राम युवा कलबको पद हस्तान्तरण तथा नयाँ समिति पुर्नगठन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संस्थाका संस्थापक अध्यक्ष गणेश गैरे र क्लबका पूर्व अध्यक्ष बिमल पाण्डेको उपस्थितिमा सम्पन्न भएको हो । प्रदिप खराल अध्यक्ष पदमा निर्विरोध रुपमा चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा राज देबकोटा र किसन अर्याल, सचिबमा मिलन भण्डारी, सह- सचिबमा कोषाध्यक्षमा सुनिल चौधरि चयन गरेको छ । यसैगरी क्रमसः सुबास अर्याल, सुजन चापागाईं, दिपक गैरे, भिम चापागाईं, सरोज भण्डारी, बिश्वास भण्डारी, अमृत भण्डारी, कल्याण भण्डारी, बिध्यान्चल मल्ल, सदस्यमा चयन भएका छन् । क्लबको प्रेस सल्लाकारमा इज्जत कंडेल , क्लबका पूर्व अध्यक्ष गणेश गैरे र क्लबक शुभचिन्तक मनिस पाण्डेलाई सल्लाहकारमा नियुक्ति गरेको छ । क्लबका संस्थापक अध्यक्षले बिगतका दिनमा भएका कमि कमजोरीलाई सुधार्दै क्लबलाई अझै बलियो बनाएर अगाडी बढ्ने बताएका छन् भने क्लबका पूर्व अध्यक्ष पाण्डेले क्लबलाई अझै नयाँ र बलियो ढंगले अगाडी बढिने बतएका छन् । क्लबका वर्तमान अध्यक्षले सामाजिक कार्यमा सधै क्लबलाई अगाडी राख्ने कुरामा जोड दिइने कुरा जानकारी दिएका छन् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।