आरपि उपाध्याय / नवलपरासी ,३ भदौ
नेपाली काङ्ग्रेस विनयी त्रिवेणी वडा न.६ र ७ कार्यसमितिका पदाधिकारीहरु बिच भेटघाट तथा अन्तर्कृया कार्यक्रम त्रिवेणी धाममा सोमबार सम्पन्न भएको छ।
पार्टीका जिल्ला नेता,पदाधिकारी र कार्यकर्ताहरु बिच भएको अन्तर्कृया कार्यक्रममा वडा न.६ का सभापति बिर बहादुर ठकुरी र वडा न.७ का संयोजक निरन्जन थापाले वार्डगत रुपमा भएको कार्य प्रगती र संगठन गतिविधिबारे जानकारी गराउनु भएको थियो।
पार्टी कार्यकर्ता भेटघाट तथा अन्तर्कृया कार्यक्रममा नेपाली काङ्ग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जि.सी. जिल्ला कार्य समिति सदस्य एवं संगठन विभाग प्रमुख कपिल देव भुसाल,क्षेत्रीय सभापति सुर्य बहादुर गुरुङ, महाधिवेशन प्रतिनिधि झपेन्द्रेश्वर भुसाल,कुल बहादुर गुरुङ लगायतको उपस्थिति रहेको बताइएको छ।
अन्तर्कृया कार्यक्रममा नेपाली काङ्ग्रेस नवलपुरका सभापति जि.सी. ले नेपाली काङ्ग्रेसको राजनीति भनेको विचार र सिद्धान्त अनुसार चल्ने पद्धति भएकोले सबै नेताकार्यकर्ताले विचार र सिद्धान्त लाई केन्द्रविन्दु बनाएर पार्टी संगठनमा लाग्नुपर्ने विचार व्यक्त गर्दै टोल,वडा, पालिका कार्य समितिका साथीहरु काधमा जिम्मेवारी र हृदयमा इमान्दारी पुर्वक संगठनमा लाग्न निर्देशन दिनुभयो।

सो अवसरमा प्रकाश कुवर,बद्री प्रसाद गुप्ता, हरवेन्द्र कुमार कार्की,मुनिर अन्सारी,गङ्गोत्री देवी सिंह र सोम बहादुर राना लगायतले पार्टीको स्थानीय गतिविधिबारे प्रकाश पार्नुभएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

