रञ्जीत शर्मा/ नवलपरासी, १ भाद्र।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका स्तरीय राजनीतिक दलका अगुवा तथा पत्रकारहरुसंग विवाद संवेदनशीलता तथा धार्मिक सहिष्णुता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न आज परासीमा सम्पन्न भएको छ।
युनाइटेड मिशन टु नेपाल,नवलपरासी क्लस्टरको सहयोग तथा सुनवल सामुदायिक विकास केन्द्रको सहकार्यमा संचालित घरेलु हिंसा न्यूनीकरणको लागि सामुदायिक मेलमिलाप तथा संवाद परियोजना अन्तर्गत उक्त कार्यक्रम गरिएको पाल्हीनन्दन गाउँपालिका स्तरीय अन्तर धार्मिक शान्ति सञ्जालका संयोजक श्रीकान्त मिश्रले बताए।

कार्यक्रममा सहभागीहरुले विवाद संवेदनशीलता तथा धार्मिक सहिष्णुतालाई विशेष ख्याल गरी राजनीतिक दलका नेताहरुले बोल्ने र पत्रकारले कलम चलाउने बेला ध्यान दिनु पर्नेमा जोड दिएका थिए।

कार्यक्रमको सहजीकरण परियोजनाका संयोजक कृष्ण पाण्डेले गरेका थिए भने कार्यक्रममा नेपाली काँग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी नेपाल,जनमत र राष्ट्रिय स्वतन्त्र पार्टीका पालिका अध्यक्षहरु उपस्थिति सँगै पत्रकारहरु सहभागिता रहेको थियो।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

