नन्दु यादव / माघ १७ नवलपरासी पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउँपालिका वडा न ६ भुजहवामा रहेकाे कुबेर बचत तथा ऋण सहकारी सस्थाकाे छैठौं साधारणसभा सम्पन्न भएकाे छ ।सिमा सग जाेडिएकाे याे भुजहवा क्षेत्रमा रहेका जनताहरुकाे लागि अार्थिक बिकास मा सहयाेग पुर्याउदै अाएकाे यस सस्थाले बिभिन्न किसिमकाे जनचेतना मुलक कार्यक्रम समेत सन्चालन गर्दैै अाएकाे छ ।साधारणसभा सस्थाकाे काेषाध्यक्ष पशुपति तिवारी ले कुल अा.ब.२०७६/७७काे ९कराेड ३हजार ७सय बराबर काे अायब्य प्रस्तुत गर्नु भएकाे थियाे ।जसमा यश सस्थाले २८लाख ४४ हजार ६सय बराबरकाे शुध्द नाफा गर्न सफल भएकाे छ । यश सस्था कुल १६००शेयर सदस्य सख्या रहेका छन । यश सस्थाले कृषि ,पशुपालन ,बैदेशिक राेजगार ,शैक्षिक लगायतकाे क्षेत्रमा लगानी गरि यश क्षेत्रका जनताहरुकाे अार्थिक बिकासमा सहयाेग पुर्याउदै अाएकाे यश सस्थाका ब्यवस्थापक लक्ष्मण काेईरीले बताउनु भयाे ।साथै यश सस्थाले मुद्दति बचत ,मासिक बचत,चल्ति बचत र दैनिक बचत लगायतका बचत सन्चालन गरिएकाे र अाउने दिनमा बाल बचत समेत सन्चालन गरिने याेजना रहेकाे वहाले बताउनु भयाे ।यश सस्था प्रसुति पाेषण भत्ता समेत दिईदै अाएकाे छ ।यसै गरि यश सस्थाले माेबाईल बैंकिङ सेवा समेत सन्चालनमा ल्याउने तयारि गरेकाे छ भने कुबेर ग्रिन कार्ड समेत उपलब्ध गराउने याेजना ल्याएकाे बताईएकाे छ तेसै गरि सवारी साधनकाे समेत फाईनानन्स गर्ने याेजना सन्चालन गरेकाे सस्थाका अध्यक्ष लक्ष्मुण काेईरीले बताउनु भयाे यसै गरि यश सस्थाले पाल्हिनन्दन गापा, सरावल गापा र प्रतापपुर गापाकाे तीन स्थानमा अाफ्नाे शाखा बिस्तार चाडै गर्ने याेजनामा रहेकाे जनाएकाेे छ।।घरघरमा कुबेर काे सदस्य बनाउने समेत लक्ष्य रहेकाे बताईएकाे छ। कार्यक्रम सस्थाकाे अध्यक्ष याेगेन्द्र बनियाकाे अध्यक्षता तथा सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रम मा जयगाेबिन्द यादव स्वागत मन्तब्य ब्यक्त दिनु भएकाे थियाे ।कार्यक्रममा समाज सेवी अमर यादव ,झिन्कु सिह ,नारद ठाकुर,पत्रकार नन्दु यादव,सरावल गापा वडा न ६का वडाअध्यक्ष कैलास यादव ,वडा न ७का वडा अध्यक्ष हेयात खा धुनिया ,सरावल गाउपालिका कि उपाध्यक्ष उत्तमा राय लगायतले सस्थाकाे प्रगतिकाे लागि शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे । सस्थाबारे प्रकाश सस्थाका सचिव युवराज माैर्या ले गर्नु भएकाे थियाे । कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि राधेश्याम चाैधरी ले सहकारीले देशकाे मेरुदण्ड काे रुपमा रहेकाे ले सबैले सहकार्य गरि सहकारी हरुलाइ अगाडि बढाउनु पर्नेमा जाेडदिनु भयाे ।किसानहरुलाई राहत हुने भएकाेले सबैजना मिलि गाउगाउमा सहकारीकाे स्थापना गरिनु पर्ने कुरा बताउनु भयाे ।कुबेर बचत तथा ऋण सहकारी यश क्षेत्रकै नमुनाकाे रुपमा हुँदै गईरहेकाे बताउनु भयाे ।कार्यक्रम लाई सन्ताेष बरईले सन्चालन गर्नु भएकाे थियाे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।