Rashtriya Dainik

समाजवादी विद्यार्थी युनियनले गर्यो कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

रञ्जीत शर्मा/ नवलपरासी२६ साउन

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०४ बैरवामा जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघको संयुक्त आयोजनामा कक्षा १२ मा २.५ जिपिए भन्दा बढी बाट उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गरेको छ।

समाजवादी विद्यार्थी युनियन नेपाल पश्चिम नवलपरासीका निवर्तमान जिल्ला संयोजक तथा लुम्बिनी प्रदेशका मुख्य सचिव अमरमणि गुप्ताको अध्यक्षता नेपाल सरकारका पूर्व रक्षा राज्यमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रामबचन यादवको प्रमुख अतिथिक्तामा सम्पन्न भएको छ।
बि.स. २०८० सालमा संचालित कक्षा १२ को परीक्षामा २.५ जीपिए भन्दा बढी प्राप्त गरेका रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकाका ६० जना विद्यार्थीहरुलाई सम्मान गरिएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले “विद्यार्थी वर्तमानका साझादार र भविष्यका कर्णधार भएकाले शिक्षामा लगानी गर्न जोड दिएका छन्।
त्यस्तै कार्यक्रम मैं सम्बोधन गर्दै कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले शिक्षामा लगानी गर्दै नतिजा सुधारमा गर्न विशेष ध्यान दिन आवश्यक रहेको बताए।

कार्यक्रममा रामग्राम नगर स्तरीय विद्यालय व्यवस्थापन समिति तथा आर्दश माध्यमिक विद्यालयका अध्यक्ष लक्षण यादव,समाजवादी युवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष विकास यादव, समाजवादी विद्यार्थी युनियन नेपाल लुम्बिनी लुम्बिनी प्रदेशका अध्यक्ष राहुल यादव, प्रजातान्त्रिक युवा संघका जिल्ला अध्यक्ष केदार गिरी लगाएतले शिक्षामा जोड दिन आफ्ना मन्त्यब राखेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित