धुर्कोट गाउँपालिकामा खोर सुधार अनुदान हस्तान्तरण कार्यक्रम सम्पन्न।

दिपेन्द्र खत्री-१७ माघ

गुल्मी जिल्ला धुर्कोट गाउँपालिकाको र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग र सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक विकासकालागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा नं १ नयाँगाउमा २४ जना सदस्य हरूलाई खोर सुधार बाफतको रू २ लाख २५ हजार रूपैया एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ।

सोहि कार्यक्रमका प्रमुख अतिथि धुर्कोट गाउँपालिका वडा नं १ का वडा अध्यक्ष कमल थापा उक्त कार्यक्रममा वाेल्दै हामीले नयाँगाउको प्रतेक टोलमा यो कार्यक्रम मार्फत हरेक दिन आम्दानी गर्ने वातावरण बनाउने योजना लिएर आएका छौ,नयाँगाउमा ५ वटा मुल समुह र १५ वटा उपहार समुह मार्फत काम सुरू गरिएको हुदाँ जुन समुहमा पहिला खोर सम्पन्न हुन्छ,त्यो समुह सदस्यलाई खोरको रकम अनुदान दिने सम्म प्रतिबद्धता दिनु भयाे।

गाउँपालिकाले जुन किसानले ५ वटा भन्दा बढि माउँ बाख्रा पाल्छ त्यसलाई रू १० हजार र माउँ भन्दा कम बाख्रा पाल्ने सदस्यलाई रू ५ हजारको दरले रकम अनुदान दिने निर्णय गरेकाे साेहि कार्यक्रम मार्फत जानकारी दिनु भयाे।

सोहि कार्यक्रममा सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजनाका प्राविधिक संयोजक नारायण जि सीले यो परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा नं १ नयाँगाउमा प्रथम चौमासिकमा १५८ वटा बाख्रा ११ वटा विउ बोका मुलाटो घाँसको नर्सरी र २४ वटा खोर गरि जम्मा १३ लाख ६१ हजार७ सय दश रूपैया बराबरको काम सम्पन्न भएको खर्च सार्वजानिक गर्दै खोरको रकम प्राप्त गर्ने २४ जना मध्ये ५ माउँ भन्दा माथि पाल्ने २१ जना र ५ माउँ भन्दा कम पाल्ने ३ जना लाई खोरको अनुदान बुझाएको जानकारी गराउनु भयो।

नयाँगाउ सामुदायिक बाख्रा उद्यम उपभोक्ता समिति कोषाअध्यक्ष शान्ता खत्री को अध्यक्षता सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना का प्राविधिक संयोजक नारायण जि सी को स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रममा धुर्कोट गाउँपालिका वडा नं १ का वडा अध्यक्ष कमल थापाको प्रमुख आतित्थ्यता कार्यपालिका सदस्य कविता विक, कार्यपालिका सदस्य विमला सुनार, वडा सदस्य तुल्सा राना, वडा सदस्य चेतमान कुवर, वडा सदस्य देव वहादुर पाण्डे वडा सचिव सुर्य प्रसाद खनाल र प्रविधिक संयोजक नारायण जि सी र पत्रकार दिपेन्द्र खत्री को आतित्थ्यता रहेको कार्यक्रमको संचालन सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजनाका सामुदायिक सहजकर्ता विष्णु कुंवरको संन्चालनमा सम्पन्न भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot