योगदान रास्ट्रका लागी नवलपरासी कार्य समिती गठन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन रन्जीत शर्मा / नवलपरासी / ०३ कार्तिक । “प्राथिमक उपचार हाम्रो सरोकार” भन्ने मुल नारा को साथ स्वास्थ्य क्षेत्रमा सामान्य ज्ञानको अभावमा अकालमा ज्यान गुमाउने गरेका कैयौ नेपालीहरुको जीवन रक्षार्थ देश्व्यापी रुपमा नि:शुल्क प्राथमिक उपचार तालिम सन्चालन गर्दै सामाजिक काम गर्ने अभियान बोकेर “योगदान रास्ट्रको लागि” अभियान नामक सस्था दर्ता भएर देशका ७७ जिल्लामा नै जिल्ला समिती बनाउने अभियान अन्तर्गत आज योगदान राष्ट्रको लागि नवलपरासी कार्य समिती गठन गरिएको छ । गठन संगै विजया दशै , शुभ दिपावली , मोहम्मद जयन्ती तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न गरिएको छ । पश्चिम् नवलपरासीको रामग्राम नगरपालिका वडा न.७ स्थित रामग्राम स्तूप उज्जनी भेलाबाट सर्वसम्मत रुपमा चयन गरिएको तदर्थ जिल्ला समिती नवलपरासी(पश्चिम् ) मा अध्यक्षमा ज्ञानेश्वर सहानी उपाध्यक्षमा दिल माया चाैधरी , सचिवमा जगत हरिजन, सह-सचिवमा सिद्धान्त पाठक ,कोसाध्यक्षमा नैना देवी वि.क तथा सदस्यहरुमा लक्ष्मी कोहार, विककी डुम्रे ,हेम लाल जेसी,मिना काफ्ले, प्रतिभा लोहानी,सुरेश यादव, अमरमणी गुप्ता , सकिना खान, सावित्री थारु ,अारिफ खान, निमावती हरिजन, काैशिलया कुमारी चाैधरी, रजली हरिजन हरु चयन हुनु भएको छ भने बाकी ३ जनालाई पछी कार्य समितिले मनोनीत गर्ने छ । कार्यक्रममा पत्रकार , बाल तथा युवा अभियन्ता रन्जीत शर्मा , बिनय मित्र लगायतको उपस्थिति रहेको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।