राष्ट्रिय दैनिक / काठमाडौं ,२४ साउन
नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य देकेन्द्रराज कण्डेलले संविधान संसोधनमा वैदिक सनातन हिन्दू राष्ट्र ,निर्वाचन प्रणाली सम्सोधन जरुरी रहेको बताउनुभएको छ।
नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिकाे बैठकमा आफ्नाे बक्तब्य राख्दै केन्द्रीय सदस्य कण्डेलले स्थानीय तह, वडा, गाउ/नगर निर्वाचन क्षेत्र प्रदेश, संघ र जिल्लामा सभापतिका उम्मेदवार दुई खेमामा विभाजित भई प्रतिस्पर्धाबाट आउने नतिजामा दोस्रो हुने सभापति उम्मेदवारको पक्षलाई २५ प्रतिशत कार्यसमितिमा उपस्थिती हुने गरी मनोनयन गर्नु पर्ने धारणा राख्नुभएको थियोे ।
नेता कण्डेलले पार्टीभित्र कुनै तहको निर्वाचनमा प्रतिस्पर्धा गर्दा निर्वाचनमा पराजित सदस्यलाई आफु लडेको तह वा त्यस भन्दा माथिको पदमा मनोनित गर्न नपाइने बताउनुभएको हाे। त्यसो गरे त्यो अमान्य हुने ठहर गर्नुभयो । तर, कुनै तहको सभापति पदको उम्मेदवार भई दोस्रो स्थान प्राप्त गर्ने व्यक्तिलाई वरिष्ठ सदस्यको रुपमा मनोनित गरिने धारणा राख्नुभएको थियोे ।

पुर्व गृहराज्यमन्त्री समेत रहनुभएका नेता कण्डेलले पार्टीको टिकटबाट निर्वाचित स्थानिय तह देखि संघसम्मका जनप्रतिनिधिबाट भ्रष्टाचार, देशद्रोह, बलात्कार, ज्यान मार्ने उद्योग, डाँका, लुटपाट आगजनीका कसुरमा अदालतबाट मुद्दा दर्ता भई विचाराधिन भएका व्यक्तिलाई पार्टी वा जनप्रतिनिधिका रुपमा मुद्दा किनारा नलागेसम्म दुवै तहमा भाग लिन नपाउने बक्तब्य राख्नुभएको हाे।
नेता कण्डेलले अनुशासन उल्लघंन गर्ने जुनसुकै तहका सदस्यको विरुद्ध स्थानीय, प्रदेश वा संघको निर्वाचनमा असहयोग गरेको फोटोग्राफ, अडियो, भिडियो, भ्वाइस रेकर्ड सहित ठोस प्रमाण प्राप्त भई कारवाहीको लागि लेखि आएमा त्यस्ताको हकमा तीन महिनाभित्र छानविन गरी नेपाली कांग्रेसको साधारण सदस्य नरहने गरी पार्टीबाट निस्काशित गर्नुपर्ने माग समेत गर्नुभएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

