Rashtriya Dainik

साउन २५ गते शुक्रबार सरावल गाउँपालिकामा स्थानीय बिदा

सुनिल बि.क / नवलपरासी ,२४ साउन

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा साउन २५ गते शुक्रबार स्थानीय बिदा दिइएको छ ।

सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजनद्वारा हस्ताक्षरित एक सूचना जारी गर्दै साउन २५ गते शुक्रबार स्थानीय बिदा दिइने जनाएको हो।

नागपञ्चमीकाे अवसरमा शुक्रवार बिदा दिने निर्णय गरिएको उपाध्यक्ष बासमति हरिजनले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभयाे ।

‘साउन २५ गते शुक्रवार नागपञ्चमी (श्रावण शुक्ल पञ्चमी) को अवसरमा गाउँकार्यपालिकाको कार्यालय मातहतका सम्पूर्ण वडा कार्यालयहरु, शैक्षिक तथा स्वास्थ्य संस्थाहरुमा (आकस्मिक तथा अति आवश्यक सेवा बाहेक) स्थानिय विदाबाट कट्टी हुने गरी मिति २०८१/०४/०१ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार मिति २०८१ साउन २५ गते शुक्रबार एक दिन स्थानीय बिदा दिइएको सूचनामा उल्लेख रहेको छ ।

साथै नागपञ्चमी (श्रावण शुक्ल पञ्चमी) को अवसरमा पालिका उपाध्यक्ष हरिजनले देश तथा विदेशमा रहनु भएका आमा/बुवा, दाजु भाइ तथा दिदी/ बहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक लागि शुभकामना व्यक्त गर्नुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित