उमेश बि.क / नवलपरासी ,१६ माघ पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं.३ सरावलमा लागू पदार्थ दुर्ब्यसन विरुद्ध जनचेतनामूलक मन्चिय नाटक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। न्यायिक सराेकार संस्थाकाे अायाेजना तथा सरावल गाउँपालिकाकाे सहयोगमा संस्थाका अध्यक्ष महम्मद इजहार शेषकाे अध्यक्षता एवं गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे। कार्यक्रममा बाेल्दै अध्यक्ष चाैधरीले विद्यालय स्तरबाटै सचेतना जगाउन सकेमा लागू औषधको प्रयोगबाट युवाहरुलाई जोगाउन सकिने र त्यसका लागि अभिभावकहरुले आफ्ना छोराछोरीहरुप्रति निगरानी बढाउनुपर्नेमा जोड दिनुभयो । अहिलेका युवाहरुलाई लागू औषधबाट जोगाउनका लागि चुनौती रहेको भन्दै यसका लागि समुदायसँग सहकार्य गरिने बताउदै सरावल गाउँपालिकाले लागुपदार्थ दुर्ब्यसन न्युनिकरणका लागि बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भएको हाे। त्यस्तै गाउँपालिका उपाध्यक्ष उत्तमा रायले लागु औषधको दुरुपयोको समस्या दिनानुदिन बढिरहेको बताउदै बिशेष गरेर किशोर किशोरी अथवा बिद्यालयका बिद्यार्थीहरु बढि यसवाट प्रभाबित हुन पुगेको बताउनुभयो ।साथै उहाँले भविष्यका कर्णधार यूवा यूवतिहरु लागु औषध जुटाउनको लागी चोरी, डकैति, लुटपाट, हत्या बलत्कार तिर समेत उन्मुख हुदै गइरहेका उल्लेख गर्नुभयो।लागुपदार्थ दुर्ब्यसनकाे कारण घरेलु हिंसा अर्कातर्फ लागु औषध प्रयोगकर्ताहरुको स्वास्थ्य कमजोर हुदैजाने भएकाले यसवाट ब्यक्ति, परिवार, समाज र राष्ट्रलाईनै ठूलो क्षति पुग्ने धारणा व्यक्त गर्नुभयो । जसले गर्दा शान्ति र सुरक्षामा समेत प्रभावित गरेको हुन्छ । साथै युवाहरु लागू पदार्थ दुर्व्यसनीबाट फस्न सक्ने हुनाले सबैमा सचेत रहन उहाँले आग्रह समेत गर्नुभयो । कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष हेयात खा धुनिया,वडा नं. ६ का वडा अध्यक्ष कैलाश यादव, एबिसि नेपालको क्षेत्रीय प्रमुख मनाेज लामिछाने ,प्यापसन सरावलकाे अध्यक्ष सुखाडि प्रसाद चाैधरी, संकल्प फाउन्डेसनका अध्यक्ष शुसान्त शर्मा घिमिरे ,बासा प्रहरीचाैकी ईन्चार्ज महेश उपाध्याय , किशोर किशोरी सन्जालका अध्यक्ष सन्दिप बि.क ,राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक उमेश बि.क लगाएतले पछिल्लो समय लागुऔषधको दुव्र्यसन बदलिदैँ गएको भन्दै अभिभावकहरुले विशेष निगरानी गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । पश्चिम नवलपरासी जिल्ला भारतसँगको खुला सीमाना हुँदा युवाहरु सजिलै लागुऔषध ओसारपसार र दूव्र्यसनमा फस्ने गरेकोले उर्जाशिल उमेर समूहका युवाहरुले उक्त कार्यमा लाग्न नदिन इलाका प्रहरी तथा स्थानीय निकाय यश तर्फ विशेष पहलका साथ लाग्नुपर्ने कुरामा जाेड दिइएका थिए । कार्यक्रममा प्रदिप बि.क काे नेतृत्वमा रहेका कलाकारहरुले लागू पदार्थ सम्बन्धि मन्चिय नाटकको माध्यमबाट सचेतना कार्यक्रम सञ्चालन गरेका थिए । साथै लागू पदार्थ दुर्ब्यसन विरुद्ध जनचेतनामूलक कार्यक्रम सन्चालन गर्नमा सहयोग गर्नेलाई सम्मान पनि गरिएको थियाे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।