कृष्णनगर / कपिलवस्तु अत्याधिक चिसो बढेपछि बॉर्डर आउट पोस्ट भिल्मीले सार्वजनिक स्थानहरुमा आगो बाल्ने अभियान सुरु गरेको छ l चिसो र शितलहर बढेपछि जिल्लाकाे जनजीवन प्रभावित बन्न पुगेकाेले बिओपी भिल्मीले विभिन्न स्थानहरुमा दाउरा बालेर स्थानीयलाई आगो ताप्ने व्यवस्था मिलाएको बॉर्डर आउट पोस्ट भिल्मीका प्रहरी निरीक्षक त्रिलोचन पोखरेलले जानकारी दिनुभएको छ । उनले चिसो बढेका कारण स्थानीयहरुलाई चिसोकै कारणले समस्या परेकाले आफूले कर्मा चौक,भिल्मी चौक,कुशवा लगायत विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको उनले बताए । बिओपी भिल्मीले सार्वजनिक चोक , मानिसहरुको जमघट हुने स्थानहरुमा आगो बाल्दै आएको छ र चिसो कम नहुन्जेल सम्मा यसलाई निरन्तरता दिने प्रहरी निरीक्षक त्रिलोचन पोखरेलले जानकारी दिनु भएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।