Rashtriya Dainik

मधेश प्रदेशका भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्धन सिंहलाई स्वागत तथा सम्मान

राजन कुमार बानिया /पर्सा ,१३ साउन

मधेश प्रदेश सरकारका नवनियुक्त भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्धन सिंह क्षेत्रीले मन्त्री भएपछी पहिलो चोटी अाज अाफ्नै क्षेत्र पर्सा क्षेत्र नं ३ (ख) को पोखरिया नगरपालीका वडा नं ४ पोखरिया ,५ को सतवरियामा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

स्वागत तथा सम्मान कार्यक्रमलाई संबोधन गर्दै मन्त्री क्षेत्रीले भने मपनी किसान हु किसानहरुको समस्या बुझेको छु। अाज` म स्वागत सम्मान मात्र होईन म किसानहरु संग घुमेर किसानहरुले भोगदै अाईरहेका समस्यालाई बुझेर सलाह सुझाव लिन अाएको छु। किसानहरुलाई सिचाई,बिउ बिजन, मलखाद लगायत प्राबिधिक सहयोग समयमा नपाएको कारण किसानहरुमा समस्या देखिएको बताए ।

अाफु कृषि मन्त्री भएपछी कृषि कान्ति ल्याउन खोजे को हो । अबको बिसान हरुलाई नयाँ नयाँ प्राबिधिक योजनाहरु ल्याएर किसानहरुलाई आत्मनिर्भर बनाउन उदघोष गरे। कृषि मन्त्री क्षेत्रीले भने आउने दिनमा मधेश प्रदेशको सम्पुर्ण क्षेत्र हरुमा एउटा एउटा कृषि प्राबिधिक टोली सहित कार्यालयहरु स्थापना गरेर किसान हरुलाई सहज र समयमा सहयोग पुगने बताए ।

साथै बिकास निर्माणको लागी पोखरिया नगरपालिकामा सभागृह र खेलमैदान बनाउन घोषणा गर्नु भएको थियो।कृषि मन्त्री क्षेत्रीले भने सभागृह र खेलमैन बनाउन पोखरिया नगरपालिका संग जग्गा उपलब्ध गरान भन्नदा भन्दै। अहिले सम्म जग्गा उपलब्ध नभएको कारण सभागृह र खेलमैदान बन्न नसकेको कृषि मन्त्रीले जनाए ।
छुटाछुटै स्वागत तथा सम्मान कार्यक्रम वडा नं ४ का वडाअध्यक्ष लक्षमण साह,र वडा नं ५ बुथ सभापति हारुन मियाँको अध्यक्ष्ातामा सम्पन्न भएको थियो।

कार्यक्रममा पोखरियाका पुर्व मेयर दिपनारायण रौनियार ,क्षेत्र नं ३ का क्षेत्रिय सभापति श्रीकिसुन चौहान , पुर्व वडाअध्यक्ष रामबाबु चौहान,उमाकान्त साह,सुरेन्द्र यादव,नेपाली काँग्रेस का युवा नेता बिबेक चौरसिया,सकिम मियाँ ,रामबचन महतो , क्षेत्रिय सचिव सुरेन्द्र सिंह,गनि अन्सारी,राजु रौनियार,रबि रौनियार लगायत नेता कार्यक्रताहरुको सहभागिता रहेको थियोे ।
कृषि मन्त्री क्षेत्रीलाई अाफ्नो क्षेत्रको शिववर्वा,रानिगंज,जगतपुर,लगायत ठाउँहरुमा स्वागत तथा सम्मान गरेका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित