Rashtriya Dainik

पहिलो पाईला बिर्तामोडले गर्यो दिप प्रज्वलन

समाज परिवर्तन तथा युवा सशक्तीकरणका लागि लामो समय देखि निरन्तर सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था पहिलो पाईला नेपाल बिर्तामोड साकाले शहिद दिवसको अबसरमा बिर्तामोड मुक्ती चोकमा दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।

सदैव शहिदले देखाएको सत्य निष्ढा र सत्कर्मको बाटोमा हिड्ने प्रेरणा मिलोस ; वीर सहिद अमर रहुन र शहिदको सपना साकार होस भन्ने मुल मन्त्रका साथ उक्त कार्यक्रम आयोजना गरिएको संस्थाका सचिवालय सदस्य छिरिङ्ग याल्मोले दिए ।
संस्थका सल्लाहकार हरु सामाजीक अभियान्ता कमल पोख्रेल ; रोशन खडकाको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त कार्यक्रमका संयोजक सन्तोस तिम्सिना र सञ्जय बिश्वकर्मा रहेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित