सियारी गाउपालिकाको आठौं गाउँ सभा तथा हिउदे अधिवेशन सम्पन्न

तुलसी राम पौडेल /सियारी, माघ १६

रुपन्देही स्थित सियारी गाउपालिकाको आठौं गाउँ सभा तथा हिउदे अधिवेशन शुक्रबार सम्पन्न भयो ।
सियारी गाउपालिका अध्यक्ष अयोध्या थारुले गाउँ सभा तथा हिउदे अधिवेशनको उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाले सियारी गाउपालिकामा स्वास्थ्य ,शिक्षा ,कृषिमा धेरै कार्यहरू भैइसकेको बताउनु भयो।

उहाले भन्नुभयो ” हामी सिक्ने क्रममा रहेका छौं तैपनि गाउपालिकालाई विकासको गतिमा धेरै अगाडि बढाएका छौ ” । हाम्रो मन र मस्तिष्क शुद्ध हुनुपर्छ , मन मस्तिष्कबाट सकारात्मक सोच भयो भने हामी कहिल्यै पछि पर्दैनौ अध्यक्ष अयोध्याको भनाइ थियोे । उहाले सकारात्मक ,सक्रियता र लगनशीलताका साथ जनप्रतिनिधि एव कर्मचारी बीच समन्वय हुन सकेमा गाउपालिका विकासको गतिमा तीब्र रूपमा अगाडि बढ्ने बताउनु भयो ।

गाउपालिका उपाध्यक्ष अमृता गुरुङले गाउपालिकामा
घोषणा पत्र अनुरुप लगभग काम सम्पन्न भएको बताउनु भयो ।गाउपालिकाले परिणाममुखी स्वरोजगार तालिम गराउन सफल भएको बताउनु भयो। गाउपालिका प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराईले गाउपालिकाको समग्र विकासको लागि जनप्रतिनिधिसग समन्वय गरेर अगाडि बढिने बताउनु भयो । गाउँ सभामा सियारी गाउपालिकालाई सडक आश्रीत मानव मुक्त घोषणा गरिएको छ।
गाउँ सभामा विधेयक समितिका संयोजक राम किसुन थारुले सियारी गाउपालिकाको सार्वजनिक निजि साझेदारी ऎन २०७७ सम्बन्धि विधेयक प्रस्तुत गर्नुभएको थियो ।लेखा समिति संयोजक शेर बहादुर गुरुङले जग्गा प्राप्ति कार्यविधी २०७७ प्रस्तुत गर्नु भएको थियो ।

गाउँ सभामा प्रस्तुत गरिएका आ.ब.२०७७/०७८को पौष मसान्तसम्म आयव्यय तथा प्रगती प्रतिवेदन ,सियारी गाउपालिकाको सार्वजनिक निजी साझेदारी ऎन २०७७ सम्बन्धि , आर्थिक वर्ष २०७७/०७८ मा स्वीकृत योजना परिवर्तन सम्बन्धि ,सियारी गाउपालिकाको लेखा समिती मनोनयन सम्बन्धि , सियारी गाउपालिका सडक आश्रीत मानव मुक्त घोषणा सम्बन्धि ,जग्गा प्राप्ति कार्यविधी २०७७ सम्बन्धि विधेयक पास होस भनी सभा अध्यक्ष अयोध्या थारूले प्रस्तुत गर्नुभएको प्रस्तावलाई गाउँ सभाका सदस्यहरुले ताली बजाएर पारित गरेका थिए। कार्यक्रमको संचालन चिरञ्जीवी गौतमले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot