Rashtriya Dainik

संघीय निजामती कर्मचारी ऐन २ महिना भित्र पारित हुने : मन्त्री गुप्ता

वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले निजामती संघीय कर्मचारी ऐन २ महिना भित्र पारित हुने बताउनु भएको छ ।

नेकपा एमाले जिल्ला कमिटी पर्साद्वारा आयोजित शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले ८ वर्षदेखि विवादित हुँदै आएको संघीय निजामती कर्मचारी ऐन अबको २ महिना भित्र पारित गरिने बताउनु भएको छ ।

साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हुने सरुवालाई नियंत्रित गरी एक कार्यालयमा १ वर्षसम्म कामकाज गर्न ऐन पनि बनाइने बताउनु भएको छ ।

कार्यक्रममा शिक्षा तथा समाज कल्याण मंत्री प्रमोद जैसवाल , प्रदेश सभा सदस्य बिना शर्मा , जिल्ला कमिटी अध्यक्ष विशम्बर शर्मा , उपाध्यक्ष एवं छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन जिल्ला कमिटी सचिव महेश दासले गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित