आरपि उपाध्याय / नवलपरासी ,२ साउन
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैदम्बरका नाति सहिद हजरत हुसेनको सम्झनामा पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ बनकट्टीमा ताजिया मेला प्रदर्शन गरि मनाइएको छ।
विनयी त्रिवेणी ७ बनकट्टी स्थित करबलामा तजिया मेलाको आयोजना गरि विभिन्न साँस्कृतिक कार्यक्रमका साथ मेला सम्पन्न भएको पुर्व वडा सदस्य एवं मुस्लिम अगुवा मुनिर अन्सारीले जानकारी दिनुभएको छ।
इस्लामीया जामा मस्जिद र इदामुल उलम मदर्साको संयुक्त आयोजनामा मोहरम पर्वलाई सभ्य र भव्य ढङ्गबाट मनाइएको आयोजकले बताएको छ।
मोहरम पर्वको अवसरमा निर्माण गरिएको ताजियालाई स्थानीय करबल्लामा राखी इस्लाम धर्मावलम्बीहरुको अनुयायीहरुले पुजापाठ,भाकल र अवलोकन गरेका थिए।
सो अवसरमा मुस्लिम समुदायका युवाहरुले नृत्य र गायन प्रस्तुत गर्दै ताजिया मेलाको बारेमा सन्देश सुनाए।

कार्यक्रममा विनयी त्रिवेणी ७ का वडा सदस्य फलाउदिन अन्सारी,वकिल मिया,नसरुल्ला अन्सारी र जामा मस्जिद मदर्साका गुरु इजहार मौलाना लगायतले मोहरम पर्वको उद्देश्यमाथि प्रकाश पार्दै सामाजिक सद्भाव कायम राख्न मोहरम पर्वले महत्वपुर्ण भुमिका खेलेको बताएका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

