विनोद निगम / नवलपरासी , ३० असार
पश्चिम नवलपरासीको प्रतापपुरमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ।
प्रतापपुर गाउँपालिका वाड नं ८ गंगापुर बस्ने बर्ष अन्दाजी ३२ कि रुना पाललाई आफ्नै घरमा सुती रहेको अवस्थामा अचानक नाम नखुलेको सर्पले टोकी बेहोस भई उपचारको लागि सर्प दंश त्रिबेणी क्याम्प लगेका थिए ।
उपचार हुन नसकी थप उपचारको लागि जिल्ला अस्पताल परासी ल्याएकोमा ऐ.०८:५५ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

