काठमाडौँ,२८ असार
राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार नबनेसम्म अहिलेकै सरकारलाई काम गर्ने अधिकार दिएका छन्।राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएको व्यहोरा जानकारी भएको बताएको छ।
राष्ट्रपति कार्यालयले संविधानको धारा ७७ (३) अनुसार अर्को सरकार गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले बताएको छ।
‘नेपालको संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभए सम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

