सम्भावित महामारीको पूर्व तयारी विषयक प्रशिक्षण

 
भैरहवा- नेपालमा कोभिड जस्तै अन्य कुनै पनि प्रकारका महामारी आए त्यस्का बिरुद्ध कसरी जुटने भन्ने विषयमा स्वास्थ्यकर्मी र सरोकारवाला निकायका बिचमा क्षमता अभिबृद्धि गर्न भैरहवामा प्रशिक्षण तथा छलफल आयोजना भएको छ । कोभिड वा त्यस्तै महामारीलाई न्यूनिकरण गर्न सरकारले र निजि क्षेत्रले गरेको तयारीका बारेमा जिल्ला भित्रका स्वास्थ्यकर्मी र सरोकारवाला निकायका बिचमा छलफल गरिएको हो ।

महामारी नियन्त्रणका लागि संसारले शुरु गरेका पछिल्ला उपलब्धी, नेपालमा समेत तिन दिन अघिवाट शुरु भएको कोरोना विरुद्धको खोप र निजि क्षेत्रले खेलेको भूमिका बारेमा छलफल भएको हो । छलफलमा स्वास्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका प्रमुख डा। समिर आिधकारी, बिज्ञ तथा चौधरी फाउण्डेशनका प्रतिनिधि अषेश बराल र स्वास्थ्य तथा महामारी रोग नियन्त्रणका क्षेत्रमा काम गरेका बिज्ञहरुले क्षमता अभिबृद्धि प्रशिक्षण दिएको आयोजक झपेन्द्र भण्डारीले बताए।

स्थानीय स्वास्थ्यकर्मी तथा मानवीय सेवामा कार्यरत विभिन्न संघसंस्थाहरुको क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो ।नेपाल जस्तो अति कम विकसित र जनस्वास्थ्य क्षेत्रमा सिमित पूर्वाधार भएको मुलुकमा पूर्व तयारीका निम्ति जनस्वास्थ्य एवं मानविय सेवा क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अविबृद्धि गर्ने उदेश्यले कार्यक्रम गरिएको चौधरी फाउण्डेशनले जनाएको छ ।

कार्यक्रममा डा समिर अधिकारीले कोरोना खोप लगाएका ब्यक्तिमा कम्तीमा २ वर्ष खोपले काम गर्ने जानकारी दिए । सरकारले आगामि दिनमा कोरोना वा त्यस्तै अन्य महामारी आइपरेमा सरकार र निजि संस्थाहरुसंग हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।
त्यस्तै चौधरी फाउण्डेसनका सहप्रबन्धक अशेष बरालले नेपालमा भूकम्प र कोरोना महामारीका बेला चौधरी फाउण्डेशनले सरकारलाई गरेको सहयोगको स्मरण गरे।

उनले कोरोना अबधिमा फाउण्डेशनले सरकार र हरेक प्रदेशका सरकारी अस्पतालाई पिपिई, भेन्टिलेटर र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जानकारी दिए। फाउण्डेशनले माघ पहिलो सातादेखि ७ वटै प्रदेशमा महामारी पुर्व तैयारी सम्बन्धि स्थानिय स्वास्थ्यकर्मी र मानविय क्षेत्रमा कार्यरत संघ संस्थाको क्षमता अभिबृद्धि प्रशिक्षण शुरु गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot