राष्ट्रिय दैनिक / नवलपरासी ,१७ असाेज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपरासी निर्वाचन क्षेत्र नं. २ बाट विभिन्न क्लस्टरमा गरी ३४ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।
प्राप्त अन्तिम मतपरिणामअनुसार खुलातर्फ गुणनिधि तिवारीले ६४१ मत प्राप्त गर्दै सबैभन्दा धेरै मत पाएका छन्। खुलातर्फ देवेन्द्रराज कण्डेलले ५९६, भीमबहादुर थापा ‘भरत’ले ५५५, मोहन प्रसाद शर्माले ४८७ र श्रीधर बस्यालले ४७८ मत प्राप्त गरेका छन्।
खुलातर्फ सोमबहादुर रायमाझीले ४४४, देवराज भण्डारी र महेन्द्र प्रसाद ठाकुरले समान ४४३, राधेश्याम चौधरीले ४०९ तथा लालबहादुर सेन ठकुरीले ४०८ मत प्राप्त गरेका छन्।
महिला क्लस्टरतर्फ मञ्जु कण्डेल ५७४ मतसहित पहिलो भएकी छन्। रम्भा कुँवरले ५६५, सुनिता कुमारी सुवेदी श्रेष्ठले ५०७ र मञ्जु गैरेले ४५३ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
त्यस्तै, श्रमिकतर्फ सुविन्द्र कुमार योगी ‘सुब्बि’ ४४९ मत तथा पेशागततर्फ देविकला शर्मा ४४८ मतसहित निर्वाचित भएका छन्।
खुला युवातर्फ विवस पौडेलले ४६५ र अनुकुन रेग्मीले ४५५ मत प्राप्त गरेका छन्। महिला युवातर्फ कमला राना ४८६ मतसहित निर्वाचित भएकी छन्।
अपाङ्गता क्लस्टरतर्फ गोपाल डिस्वा मगरले ४८७ मत, अल्पसंख्यकतर्फ शिवशंकर प्रसाद राय राजभरले ४६० मत तथा दलिततर्फ विनोद गौतम हरिजनले ४१७ मत प्राप्त गरेका छन्। प्रजातन्त्र सेनानीतर्फ संजय यादवले ४२४ मत प्राप्त गरेका छन्।
समानुपातिकतर्फ दलित क्लस्टरबाट रमेश पासी ४९६ मतसहित निर्वाचित भएका छन्। आदिवासी जनजातितर्फ कृष्ण नारायण श्रेष्ठले ५०६ मत प्राप्त गरेका छन्।
खस आर्य खुलातर्फ लक्ष्मण बहादुर थापा क्षेत्री ४५७ मत र खस आर्य महिलातर्फ सिता ज्ञवाली ४८६ मतसहित निर्वाचित भएका छन्।
थारु खुलातर्फ कृपा कौशल चौधरीले ४२७ मत, थारु महिलातर्फ उत्तमा कुमारी रायले ५२३ मत तथा मुस्लिम क्लस्टरतर्फ तबरेज आलम खाँले ४५० मत प्राप्त गरेका छन्।
मधेसी महिलातर्फ प्रिति कुमारी अग्रहरि ४५२ मतसहित निर्वाचित भएकी छन्। मधेसी खुलातर्फ राजेन्द्र कुमार सहानीले ५०७, प्रदिप कुमार अग्रहरिले ४५६ र रोहित प्रसाद केवटले ४४५ मत प्राप्त गर्दै प्रतिनिधि निर्वाचित भएका छन्।
विभिन्न क्लस्टरबाट निर्वाचित प्रतिनिधिहरू अब नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनमा क्षेत्र नं. २ को प्रतिनिधित्व गर्नेछन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

