Rashtriya Dainik

रवि लामिछानेमाथि सहकारी ठगीमा अनुसन्धान हुनुपर्छ : मुकुल ढकाल

काठमाण्डौ, २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. मुकुल ढकालले रवि लामिछानेको कब्जाबाट पार्टीलाई छुटाएरै छोड्ने बताउनुभएको छ । काठमाण्डौमा आज पत्रकार सम्मेलन गरी नेता ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट नभई रवि लामिछाने क्लबबाट मात्रै निष्काशन गरिएको दाबी गर्नुभयो ।

उहाँले सभापति रवि लामिछानेमाथि सहकारीको रकम ठगी प्रकरणमा अनुसन्धान हुनुपर्ने र त्यसका लागि पार्टीको केन्द्रीय समिति सदस्यहरूले स्वतन्त्र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्नुभएको छ ।

ढकालले दुई वटा राहदानीको विषयमा पनि पार्टीले लामिछानेमाथि छानबिन समिति बनाउनुपर्ने माग गर्नुभयो । आफूलाई राजनीतिक दलको मूल्य, मान्यता विपरीत निलम्बन गरिएको र उपसभापतिबाट निलम्बनको पत्र दिन अवैधानिक रहेको उहाँले जिकिर गर्नुभयो ।।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित