Rashtriya Dainik

देवदह मेडिकल कलेजकाे आयोजनामा विश्व छाला स्वास्थ्य दिवस समारोह

आरपि उपाध्याय / रुपन्देही ,२६ असार

देवदह मेडिकल कलेज भलुही रुपन्देहीको आयोजनामा विश्व छाला स्वास्थ्य दिवस समारोह एक कार्यक्रमका बिच सम्पन्न भएको छ।

देवदह मेडिकल कलेजका अध्यक्ष गोपाल बहादुर पोख्रेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

सो अवसरमा अध्यक्ष पोख्रेलले छाला शरीरको निकै महत्वपूर्ण अङ्ग भएकोले छालालाई बचाउन विशेष ध्यान पुर्याउनु पर्ने धारणा राख्दै विश्व छाला र स्वास्थ्य दिवसले छाला रोगको रोकथाम तथा उपचारबारे जनचेतनामूलक कार्यक्रम नै उत्तम उपचार हुने जिकिर गर्नुभयो।

विश्व छाला दिवसको अवसरमा देवदह मेडिकल कलेजका छाला रोग विशेषज्ञ डा. बिक्रम ज्ञवालीले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै छालामा लाग्ने रोगले पार्ने प्रभाव न्यूनीकरण गर्न सम्बन्धित पक्षले खानपिन र सरसफाइलाई विशेष ध्यान पुर्याउन सुझाव दिदै छालामा देखिने समस्याले घृणा,हिंसा र भेदभावमा सुधार गर्न जनचेतनामूलक कार्यक्रम मार्फत छाला रोगको बोझ कम गर्न विश्वव्यापी छाला सम्बन्धि संगठनद्वारा गरिएको प्रयासको एक हिस्सा नै यो कार्यक्रम रहेको धारणा राख्नुभयो।
विश्व छाला दिवस समारोहमा प्लेकार्ड सहितको एक विशेष स्वास्थ्यकर्मीहरुको रेलीले स्थानीय बजार परिक्रमा गर्दै छालामा लाग्ने रोगको समस्या प्रती गम्भीर रहन अपिल गरेको थियो।
सो अवसरमा देवदह मेडिकल कलेजका चिकित्सक र कलेजमा अध्ययनरत विद्यार्थीहरु गरि कुल ३ सयको उपस्थिति रहेको बताइएको छ।

कार्यक्रममा देवदह मेडिकल कलेजका प्रिन्सिपल पि.सी. महर्जन लगायतले पनि स्वास्थ्य सचेतनाबारे जानकारी गराउनु भएको थियो।

विश्व छाला दिवसको अवसरमा शरीरको अभिन्न अङ्ग छाला र स्वास्थ्यको महत्वलाई जोड दिनुका साथै छालाको समस्याले पार्ने प्रभाव र छाला रोगबारे थप अनुसन्धान र नविनतम प्रगतिबारे नागरिकलाई सुसूचित गरि छालाले पार्ने बाहय खतरा तथा विभिन्न संक्रामक रोग विरुद्ध लड्ने पहिलो पङ्तिको अङ्ग रहेको बारे पनि जानकारी गराइएको थियो।

स्मरणीय छ,देवदह मेडिकल कलेजका चिकित्सकहरुको टोलीले यसपुर्व पनि नारायणी नदी पारिको सुस्ता र सुस्ता गाउँपालिका का विभिन्न वडाहरु तथा प्रतापपुर र बर्दघाट नगरपालिकाको विभिन्न ठाउँहरुमा निशुल्क स्वास्थ्य परिक्षण गरिसकेको जानकारी गराइएको छ।


विश्व छाला दिवसको समारोहमा डा. अरुणा पोख्रेल,डा. किरण पन्थी र डा. सन्ताेष कडेल लगाएतलाई विशेष सहयोग गरेको हुनाले धन्यवाद ज्ञापन गरिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित