नवलपरासी ,२५ असार संचारिका समुह नेपाल पश्चिम नवलपरासीको भेलाले बिष्णु खनाललाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको छ । बर्दघाटमा सोमबार बसेको भेलाले ११ सदस्यीय समिति गठन गरेको हो। सचिवमा डोल्मा चौधरी चएन हुन भएको छ भने कोषाध्यक्षमा सम्झना सुवेदी चयन हुन भएको छ । सदस्यहरुमा सोनकली थारु, रेनुका चौधरी, सुनयना चौधरी,गिता भट्टराई, अनु सुनार, मिना के.सी र हसिना खातुन रहनु भएको छ । उपाध्यक्ष पदलाई सचारिका समुह नवलपरासीले अगामी बैठकबाट मनोनित गर्ने नवनिर्वातिच अध्यक्ष विष्णु खनालले रेडियो परासिलाइ बताउनु भएको छ । संचारिका समुहका क्रियाशिल उपसमितिमा हसिना खातुनको संयोजकमा अन्जु सहानी, शितमती हरीजन,शोभा यादव, आरती राना, शारदा धिताल,अमृता सुनार, सुष्मा क्षेत्री लगायत रहनु भएको छ । त्यसै गरी भेलाले जिल्लाका क्रियाशिल पत्रकार महिलाहरुलाई समुहमा जोड्ने र पत्रकारितामा सकृय बनाउन विभिन्न योजनाहरु बनाउने निर्णय गरेको छ । सो अवसरमा संचारिका समुह नेपाल लुम्बिनी प्रदेशको अध्यक्ष अमृता अनमोलले पत्रकार महिलाहरुलाई संगठित भएर अगाडि बढन आग्रह गर्नु भयो । उहाँले महिला पत्रकारहरुको क्षमता विकासका लागि संचारिका समुह लुम्बिनीको साथ र सहयोग सधै रहने धारणना राख्नु भएको थियो । संचारिका समुहलाई क्रियाशिल बनाइरहनुका लागि लेखन क्षमताको विकास सगैँ स्थानिय सरकार र संघसंस्थाहरुसँग सहकार्य गरेर अगाडि बढ्ने शुभकामना दिनु भयो । कार्यक्रमा प्रदेश कोषाध्यक्ष उषा किरण पन्तको सहभागिता रहेको उक्त कार्यक्रमको जानकारी संचारिका समुह नवलपरासीकी निर्वतमान उपाध्यक्ष उर्मिला यादव (यात्री)ले जानकारी दिनु भयो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।