आरपी उपध्याय / नवलपरासी
बाढीका कारण गण्डक नदीमा पानीको सतह बढ्न थालेपछि नारायणी ब्यारेजको ३६ ढोका मध्ये सबै ढोकाहरु शनिबार बिहानैदेखि नै खोलिएको जलमापन केन्द्र भारत बिहार बाल्मिकी नगरले जानकारी दिएको छ।
जलमापन केन्द्रले दिएको जानकारी अनुसार शनिबार दिउँसो १२ बजेसम्म नारायणी नदीमा कुल ३ लाख क्यु.सेक. पानी प्रवाह भइरहेको जानकारीमा आएको छ।
नारायणी नदीमा आएको बाढी संगै नेपाल तर्फको बहुमुल्य काठ,दाउरा पनि बगेर आएको गण्डक ब्यारेज पुलमा तैनाथ सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बोर्डर आउट पोस्टले बताएको छ।
नारायणी नदीमा आएको बाढीका कारण हुनसक्ने मानवीय क्षती रोक्न ब्यारेज पुल र नदी किनार आसपासका इलाकामा सर्वसाधारणलाई जान नदिने सूचना प्रवाह गरेको पनि सशस्त्र प्रहरी बल त्रिवेणीले सम्बन्धित सबैलाई सार्वजनिक सूचना मार्फत सचेत गराएको हो।
नारायणी ब्यारेज पुल निर्माण हुँदा कुल ८ लाख क्यु.सेक. सम्म पानी प्रवाह हुनसक्ने क्षमताका साथ निर्माण भएको थियो।
नारायणी ब्यारेज पुलमा ३ लाख क्यु.सेक. भन्दा पानीको सतह माथी गएमा खतराको निसान पार गरेको मानिने पनि जलमापन केन्द्रका अधिकारीहरुले बताएका छन।
दिनरात परेको वर्षाका कारण नारायणी नदीमा पानीको सतह अझै बढ्न सक्ने भारतीय प्राविधिकहरुले जानकारी दिए।
त्यसैगरी नारायणी नदीले बगाइ ल्याएको दाउरा झिक्ने क्रममा एक व्यक्ति बगेर बेपत्ता भएका छन।
नवलपरासीको सुस्ता गाउँपालिका ५ सगरदिनही बस्ने राम केवल चमारको छोरा ३३ वर्षीय अर्जुन चमार घरदेखी २ किलोमिटर पुर्वतर्फको नारायणी नदीको किनारबाट दाउरा झिक्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ।
घटना घटे लगत्तै रामनगर प्रहरी चौकीका वरिष्ठ नायब निरीक्षक राजाराम कुर्मीको कमान्डमा गएको टोलीले खोजतलास कार्य सुरु गरेको छ।
खोजतलास गर्ने कार्यमा ईलाका प्रहरी कार्यालय बेलाटारी,प्रहरी चौकी कुडियाका जनशक्ति र स्थानीयहरुको संयुक्त टोलीले खोजिकार्य गरिरहेको पनि प्रहरीले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

