Rashtriya Dainik

काँग्रेस-एमालेको समर्थनमा मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । १०७ सदस्यीय प्रदेशसभामा शनिबार मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ६७ जनाले समर्थन जनाएका छन् ।

उनको प्रस्तावको विपक्षमा ३४ मत परेको छ । प्रदेशसभामा शनिबार १०१ जना उपस्थित भएर मतदान गरेका थिए । २८ जेठमा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ६ दलको समर्थनमा जनमत पार्टीका सिंह मुख्यमन्त्री बनेका थिए । तर केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ सरकार गठनको सहमति भएपछि शनिबार कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ । मुख्यमन्त्री सिंहलाई आफ्नो दल जनमतसँगै नेकपा एमाले, काँग्रेस, लोसपा र नागरिक उन्मुक्ति पार्टीले विश्वासक‍ो मत दिएका छन् ।

जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, संघीय समाजवादी पार्टीलगायतले भने विपक्षमा मतदान गरेका छन् । मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुअघि मन्त्रिपरिषदबाट माओवादी, एकीकृत समाजवादी, संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित