बिनोद निगम/नवलपरासी , १८ असार
माध्यमिक शिक्षा परीक्षा (एसईई)मा पाल्हिनन्दन गाउँपालिका वार्ड नं २ स्थित न्यु सनराइज माध्यमिक विद्यालयमा अध्ययनरत क्षात्रा सन्ध्या बनिया र समीक्षा चौहान पालिकामा उत्कृष्ट भएका छिन्।
बिहिबार राष्ट्रिय परिक्षा बोर्डद्वारा सार्वजनिक गरेको नतिजामा पाल्हिनन्दन गाउँपालिका–२ की बनियाले ३.७८ जीपीए र चौहानले ३.७८ जिपिए प्राप्त गरी संस्थागत र सामुदायिकतर्फ पाल्हिनन्दान कै सवोत्कृष्ट भएकी हुन् ।
विद्यालयका ८ जना विद्यार्थीले ३ जिपिए भन्दा माथि ल्याएका भने ५ जना विद्यार्थीले २ भन्द माथि जिपिए ल्याएका छन् । विगतमा ५ बर्ष देखि यसपटक पनि सबै विद्यार्थीको नतिजा उत्कृष्ट रहेको प्रधानध्यापक उपेन्द्र गुप्ताले बताए । “आगामी बर्ष पनि हामीले यही नतिजालाई निरन्तरता दिने गरी तयारीमा छौ,‘यो नतिजामा अभिभावकको विश्वास पनि जोडिएको छ” प्रधानध्यापक गुप्ताले भने।उनले विगतमा नतिजाहरुमा समेत जिल्लाको शैक्षिक मापनमा अगाडी रहेको बताए।
बि.स २०५८ सालमा स्थानिय स्तरमा संस्थागत शिक्षाको अवधारणा सहित स्थापना भएको विद्यालयले परीक्षा भन्दा पनि विद्यार्थीहरुलाई ब्यवहारिक र अतिरिक्त क्रियाकलापबाट समेत शिक्षण सिकाईलाई जोड दिने गरेको विद्यालयले जनाएको छ । हालै प्रकाशित कक्षा आठको पनि नतिजा पाल्हिनन्दनमा उत्कृष्ट रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

