पुरन अधिकारी , सुनवल
श्री कृष्ण धाम विकास समिति सुनवल रमवापुरले एक कार्यक्रमको आयोजना गरि SEE मा उत्कृष्ट अङ्क ल्याउने छात्र-छात्रा लाई सम्मान एवं शुभकामना प्रदान गरेको छ।
सस्थाका उपाध्यक्ष कुन्ता तिवारीले सन्चालन गर्नुभएको कार्यक्रममा यस क्षेत्र (रमवापुर) बाट २०८०को SEE मा उत्कृष्ट नतिजा ल्याउने सुनवल युनाइटेड , रमवापुर र महाकवि देवकोटा नमुना माध्यमिक विधालयका छात्र-छात्रा लाई सो सस्थाका पदाधिकारी ,शिक्षक एवं जेष्ठ नागरिकहरुले उनिहरुको उज्जवल भविष्यको कामना सहित सम्मान प्रदान गरेका हुन।

श्री कृष्ण धाम सुनवल रमवापुरको परिसरमा आयोजना गरिएको उक्त कार्यक्रममा समाजसेवी नेत्र कला पङ्गेनिको प्रमुख आतिथ्यता रहेको थियो भने रमवापुर माध्यमिक विधालय एवं महाकवि देवकोटा नमुना माध्यमिक विधालयका शिक्षकद्वय कृष्ण प्रसाद लामिछाने र डिल्लीराम शर्मा समेत सस्थाका अध्यक्ष यम प्रसाद ढकाल लगायत करिब चालिस जना जेष्ठ नागरिक आमा -बुवाहरुको उपस्थिति रहेको थियो ।विधार्थीले अबको दिनमा अझ मिहिनेतका साथ आफ्नो रुचिको विषय अध्ययन गरि आगामी दिनमा थप प्रगति गर्दै आफ्नो र सम्पूर्ण सुनवलवासीको उन्नति प्रगतिमा टेवा दिन सके यो उत्कृष्ट अङ्क SEE मा आएको बल्ल सार्थक हुने उक्त कार्यक्रममा बोल्ने वक्ताहरूको धारणा रहेको थियो ।

जेष्ठ नागरिक र अपाङ्गताहरुका सवालमा प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमहरुको आयोजना गर्दै धार्मिककार्यक्रमहरुमा मात्र यो सस्था आबद्ध नरहि सामाजिक कार्यहरुमा समेत उत्तिकै उल्लेखनीय कार्य गर्दै आइरहेको अधिकाश उक्त कार्यक्रममा सम्मिलित जेष्ठ नागरिकहरुको भनाइ रहेको सो कार्यक्रममा सस्थागत विधालय तर्फबाट नगरप्रथम सुनवल युनाइटेडका छात्र महेश पङ्गेनी (३.८६ जि.पि.ए.) सामुदायिक विधालय तर्फबाट नगरप्रथम छात्रा रमवापुर माध्यमिक विधालयकी स्मृति सापकोटा (३.८४ जि.पि.ए.) एवं महाकवि देवकोटा नमुना माध्यमिक विधालयका छात्र ओशिश ढकाल (३.६९ जि.पि.ए.) लाई सम्मान प्रदान गरिएको हो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

