Rashtriya Dainik

कारागारबाट सुरुङ्ग खनेर भागेका कैदी पक्राउ

प्रिन्स मिश्रा कपिलवस्तु। कपिलवस्तु कारागारबाट १४ वर्ष अघि सुरुङ्ग खनेर फरार भएका एक फरार कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।

भारत उत्तर प्रदेश सिद्धार्थनगर चिलिया घर भएका स्कुल मिया अन्सारी भनिने मोहम्मद स्कुललाई शिवराज नगरपालिका वडा नं. ७ चन्द्रौटाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए ।

२०६६ साल माघ २ गते कपिलवस्तु कारागारबाट ८ जना कैदीहरु सुरुङ्ग खनेर भागेका थिए । पक्राउ परेका खान उपर ५ महिना ९ दिन कैद र ४ लाख ५० हजार जरिवाना तोकिएको छ ।

प्रहरीले हाल सम्म १ सय २६ फरार प्रतिवादीहरु पक्राउ गरेको छ । उनीहरुको कैद अवधि १ सय ४७ वर्ष १० महिना बांकी रहेको प्रहरीले जनाएको छ ।

विशेष सूचना र खोजीबाट फरार कैदीहरुको जिल्लामा धमाधम पक्राउ पर्दै गएको प्रहरी उपरीक्षक पौडेलले बताए

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित