Rashtriya Dainik

प्रतिनिधि सभा बिनोद चौधरीले नवलपुर र चितवनको विभिन्न धार्मिक धरोहरको निरीक्षण र अवलोकन

आरपि उपाध्याय / नवलपरासी ,९ असार

प्रतिनिधि सभा सदस्य एवं नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बिनोद चौधरीले नवलपुर र चितवनको विभिन्न धार्मिक धरोहरको निरीक्षण र अवलोकन गर्नुभएको छ।
प्रतिनिधि सभा सदस्य बिनोद चौधरीले चितवन माणी नगरपालिका १ मा पर्ने बाल्मिकी आश्रम स्थित मठमन्दिरको निरीक्षण गर्दै धार्मिक तथा पर्यटकीय स्थलको विकास,प्रवर्द्धनको प्रशस्त सम्भावना बोकेको बताउनुभयो।
चितवनको बाल्मिकी आश्रममा हालको समयमा विद्युत,खानेपानी,सडकको अवस्था नहुनुलाई चिन्ताको विषय रहेको बताउदै त्रेता युग कालमा मर्यादा पुरुषोत्तम भगवान राम पुत्र लवकुशको जन्मथलो र जगत जननी सीता माताको धर्ती प्रवेश स्थल भएर पनि राज्यको पहुँच नभएरै आश्रम ओझेल परेकोमा अब आश्रमलाई प्रचारप्रसार सहितको विकसित आश्रम बनाउन आफू प्रतिबद्ध रहने धारणा पनि सांसद चौधरीले रख्नुभएको थियो।
त्यसैगरी प्रतिनिधि सभा सदस्य चौधरीले नेपाली काङ्ग्रेस विनयी त्रिवेणी वडा न.६ र ७ को आयोजनामा भेटघाट कार्यक्रममा पनि सहभागी हुनुभएको थियो।
नेपाली काङ्ग्रेस वडा न.६ का सभापति वीर बहादुर ठकुरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहनु भएका सांसद चौधरीले त्रिवेणी दुम्किबास सडक सबैको चाहना रहदा रहदै पनि सडक निर्माण प्रक्रिया अगाडि बढ्न नसक्नुलाई आफुले गम्भीरतापूर्वक लिएको बताउदै त्रिवेणी स्थित मसानघाट व्यवस्था र शिवालय घाटलाई पनि अझ बढी व्यवस्थित बनाउन आफुले त्यसतर्फ पहल गर्ने बताउदै चौधरीले आफू ३५ वर्षदेखि नै नवलपुरमा बिताउदै आएकोमा भाग्यले नवलपरासी (ब.स.प.) बाट निर्वाचित हुने मौका पाएपनी विकास निर्माणबारे आफ्नो जिम्मेवारी दुबैतर्फ रहेको पनि उहाँले बताउनु भयो।
उहाँले नेपाली काङ्ग्रेसका कार्यकर्ताहरु उच्च मनोबलका साथ रहेर पार्टीलाई बलियो बनाउने लक्ष्यतर्फ केन्द्रित रहनुपर्ने अनि जिकिर गर्नुभयो।
प्रतिनिधि सभा सदस्य चौधरीले गजेन्द्र मोक्ष धाममा पुगेर जनप्रतिनिधि, संघसंस्थाका प्रमुखहरुको बिचमा गजेन्द्र मोक्ष धामलाई अझ विकसित र सबैको चासो र विश्वासको केन्द्रको रुपमा विकसित गर्ने कार्य प्रती आफ्नो तन,मनबाट समर्पित रहने धारणा पनि राख्नुभयो।


स्वामी कमलनयनाचार्यका उत्तराधिकारी स्वामी कृष्ण प्रपन्नाचार्य र त्रिवेणी गजेन्द्र मोक्ष क्षेत्र विकास समितिका सदस्यहरुले प्रतिनिधि सभा सदस्य बिनोद चौधरी र लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवारलाई स्वागत गर्नुभएको क्षेत्र विकास समितिका सदस्य निरन्जन थापाले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित