Rashtriya Dainik

सभापति देउवाद्वारा स्व.पृथ्वीराज कँडेलको अर्धकदको सालिक अनावरण र बसपार्क उद्घाटन

अनिल बनिया/नवलपरासी, ८असार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षको भूमिका थप सशक्त हुने बताएका छन् । संसद्‌मा कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको र कतिपयले आफ्नो समेत आलोचना गरिरहेकाले संसद्‌मा जनताको समस्यालाई प्रभावकारी ढंगले प्रस्तुत हुने बताए

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका महेसपुरमा स्व.पृथ्वीराज कँडेलको अर्धकदको सालिक अनावरण र बसपार्क उद्घाटन गर्दै देउवाले काङ्ग्रेस अहिले सत्ता परिवर्तनमा नरहेको संकेत गर्नु भयो । नेपाली कांग्रेस सरकार बाहिर हुँदा प्रतिपक्षको भूमिकाका बिषयमा प्रश्न गरिरहेको बताउदै देउवाले भन्नुभयो, ‘ अहिले कांग्रेसको भुमिका प्रति आलोचना भैरहेको छ । अब काङ्ग्रेस पार्टीले जनजीविकाको सवालमा केन्द्रित हुने छ ।’ काङ्ग्रेस सधै जनताको पक्ष रहेको र अहिले पनि जनताकै पक्षमा काम गरिरहेको देउवाको भनाइ छ ।

कार्यक्रममा स्थानीयहरुको गुनासो समेत सुनेका देउवाले महेशपुर मूल भन्सार भएर पनि पूर्णरुपमा संचालनमा आउन नसकेको अवस्थामा भन्सारको भौतिक एवं प्रशासनिक सुधारका लागि पहल गर्ने बताउनु भयो । पूर्वगृहराज्य मन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कँडेलका पिता पृथ्वीराज कँडेलको स्मृतिमा बसपार्कको नामकरण गरिएको र अर्धकदको सालिक निर्माण गरिएको हो । स्वं कँडेल २०१५ सालमा पाल्हिमाझ खण्डपूर्वी निर्वाचन क्षेत्र नम्बर ५७ बाट निर्वाचित सांसद हुनु हुन्थियो ।

कार्यक्रममा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले नेपाल र भारतको सिमानाकामा केही सांसदले काँडेतार लगाउनुपर्ने माग गरेको बताउदै उहाले मधेशी जनभावना र सुविधामा आँच आउने गरि कुनै पनि कुरा नगर्न चेतावनी दिनुभयो । अहिले सासदले ऎन ल्याउन लाग्नु पर्ने बताउँदै नेता त्रिपाठीले भन्नुभयो ‘ निजामती सेवा ऐन र शिक्षा ऐनलाई तत्काल पारित गर्न ठूला तीन दल सचेत हुनुपर्छ ।’

नवलपरासी क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीले राजनीतिक दल फरक-फरक भए पनि जिल्लाको विकासमा सबै दल एकै स्थानमा उभिनुपर्ने बताउनु भयो ।

त्यसै कार्यक्रममा क्षेत्र नम्बर १ का सांसद देवकरण कलवारले
केरा केरा खेती गर्ने किसान अहिले मर्कामा परेका र भारतबाट आयात हुने केराकरण मूल नपाउँदै किसान चिन्तित भएका छन्। केही महिनाको लागि भारतीय र प्रतिवेदन लगाउने बताउनुभयो।

कार्यक्रममा क्षेत्र नम्बर २ का सांसद बैजनाथ जैसवालले नवलपरासी जिल्लामा सबैभन्दा कम बजेट आउने र सबैभन्दा धेरै राजेश्वर जाने जिल्ला नवलपरासी हो। यहाँ उद्योग कलकारखानाहरू बजाज ,हुन्डाई, टाइल्स लगायतका उद्योगहरू स्थापना हुने तर विकास गति केही नहुने सभापति देउवालाई ध्यान आकर्षण गराउँदै भन्नुभयो।

स्व.पृथ्वीराज कण्डेलको नाममा पाल्हीनन्दन १ महेशपुरमा सुविधा सम्पन्न बसपार्क निर्माण भइसकेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कण्डेलको पहलकदमीमा सहरी विकास मन्त्रालयको १ करोड, पाल्हीनन्दन गाउँपालिकाको १० लाख र वडा नं १ को ३ लाखको लागतमा आकर्षक बसपार्क निर्माण भएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित