भारतीय नागरिकलाइ बचाउ कार्यक्रममा सरकारी कर्मचारीदेखि बिचौलियासम्म

पर्सा, १५ माघ।

नेपाल सरकारको नितिलाइ धज्जी उडाउदै फर्जी कागजको सहयोगमा भारतिय नागरिक नेपाली नागरिकता लिएको बिषयमा समाचार प्रकासमा आउनुको साथै बिगत ३ बर्षदेखि छानबिन प्रकृयामा रहेको मुद्दा कागजमै सिमित रहेको प्रष्ट भएको छ ।

बिरगंज महानगरपालिका वडा नम्बर १० मा बसोबास गर्ने निरन्जन कुमार अग्रवाल भारतीय नागरिक रहेको बिषयमा बिगत ३ बर्षदेखि विभिन्न सन्चार माध्यममा उजागर हुनुको साथै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुर दर्ता भएपनी हालसम्म केही कारवाही नभएको प्रष्ट भएको हो ।

बि.स. २०५१ सालमा भारतीय महाबाणिज्य दूतावासको माध्यमले निरन्जन कुमार अग्रवाल सवारी चालक अनुमती पत्र लिन सफल भएका थिए भने २०६३ सालमा नेपाली नागरिक बनी नेपालको सबै भन्दा सन्वेदनशिल मानिने नेपाली नागरिकता लिन सफल भएको कागजी प्रकृयाबाट प्रष्ट हुन्छ । भारतको राजस्थान स्थित रहेको सरदार शहर निवासी जगदिश अग्रवालको छोरा निरन्जन अग्रवाल सजिलै नेपालमा प्रवेश गरि नियम कानूनको धज्जी उडाउदै नेपाली नागरिकता लिन सफल भएको बिषयमा उजागर भएपनी जिल्ला प्रशासन कार्यालय पर्साले कारवाही गर्नुको साटो मुखदर्शक मात्र बनेको पाइन्छ ।

२०७५ सालमा जिल्ला प्रशासन कार्यालय पर्सामा उजुर परेपनी हालसम्म कुनै कारवाही प्रक्रिया अगाडी नबढनुले सरकारी कर्मचारीकै लापरवाही रहेको बिषयमा प्रष्ट हुन्छ ।
निरन्जन अग्रवाल फर्जी कागजको सहयोगमा नेपाली नागरिकता लिनसाथ उसकै अधारमा आफ्नो जीवन सङ्गिनी रितु अग्रवालको समेत नागरिकता बनाउन सफल भएको उनकै परिवार श्रोतले जनाएको छ ।

उनका अनुसार २०५१ सालमा सवारी चालक अनुमती पत्र बनाउनको निम्ति भारतिय महाबाणिज्य दूतावासको सहयोग लिनु नै भारतीय नागरिक रहेको बिषयमा छर्लङ्ग पार्दछ भने हालसम्म सरकारी कर्मचारीकै सहयोगमा कारवाही हुन नसकेको समेत जिकिर गर्नु भयो । उहाले आर्थिकको प्रलोभनमा प्रमुख जिल्ला अधिकारी समेत पर्ने गरेको कारण कुनैपनि प्रमुख जिल्ला अधिकारी कारवाही गर्न नसक्ने समेत जिकिर गरे ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी आश्मान तमाङ्गले कारवाही गरिने बताएपनी हालसम्म कारवाही प्रकृया अगाडी नबढाउनुले उहाको इमान्दारिता माथी प्रश्न चिन्ह खडा भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले अनुसन्धान गरि कारवाही प्रक्रिया अगाडी बढाउनुको साटो ढाकछोप गर्नमै ब्यस्त रहेको देखिन्छ । अहिलेपनी जिल्ला प्रशासन कार्यालयले कारवाही अगाडी बढाउने हो कि होइन हेर्न बाकी नै रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot