राष्ट्रिय दैनिक /रुपन्देही , ३ कार्तिक रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ अन्चरलपुरमा रहेको एभरेष्ट पेट्रोल पम्पमा आगलागी भएको छ । पम्पमा प्रेट्रोल खनाउने क्रममा साँझ करिब साढे ७ बजेतिर आगलागी भएको रुपन्देही प्रहरीका प्रवक्ता एवं डिएसपी खड्कबहादुर खत्रीले बताए । उनका अनुसार लु २ ख १५४१ नम्बरको ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा आगलागी भएको थियो । आगलागीबाट ट्यांकर र त्यसमा रहेको पेट्रोल जलेर नष्ट भएको छ । आगलागी भएलगत्तै सुरक्षाकर्मी नियन्त्रणका लागि खटेका थिए । आगोलाई बुटवल उपमहानगर, सिद्धार्थ नगरपालिका र लुम्बिनी सांस्कृतिक नगपालिकाबाट आएको दमकलले नियन्त्रणमा लिएको छ । समयमै सूचना भएकाले थप क्षति हुन नपाएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी खत्रीले बताए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।