नवलपरासीमा २ वटा गाडी सहित ४४ लाख भन्दा बढीको मालसामान नियन्त्रण

देश बन्धु यादव / नवलपरासी १४ माघ

पश्चिम नवलपरासीको विभिन्न ठाउँहरूबाट अबैध सामना अोसार पसारमा संलग्नमा २ वटा चार पांग्रा गाडी सहित ४४ लाख ६५ हजार ५ सय ८४ रूपैयाँ मूल्य  बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको  छ ।

मंगलबार बर्दघाट नगरपालिका वडा नम्बर ४ बाढीपिडित स्थित भित्री सडक खण्डमा पार्किङ गरी राखेको लु.अ.अ.मा. ९२३१ नम्बरको अनटेस्ट कारलाई चेक जांच गर्दा उक्त गाडी भित्र भारतबाट भन्सार छलि अवैध रुपमा ल्याएको मारोटी , डेटाइम रनिंग ल्याम्प , ग्रिप ब्लाक स्टेरिंग स्विफट , हुइल र्आच वाइ वन के लगायतका मोटर पार्टस फेला पारी गाडी सहित ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

उक्त मोटर पार्टस सामानको अन्दाजी मुल्य ८४ हजार ६ सय ५० र अनटेस्ट गाडीको अन्दाजी मुल्य ३० लाख गरी कुल ३० लाख ८४ हजार ६ सय ५० मुल्य बराबर रहेको छ । उक्त नियन्त्रण गरेको समान र गाडी आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको छ ।

त्यसैगरी भारतबाट नेपालतर्फ भन्सार छली अवैध रुपमा लु १ ज ४२७९ नम्बरको पिकप गाडीमा राखि ल्याउदै गरेको १०४ प्याकेटमा ४१६ पिस टायल सरावल गाउँपालिका वडा नं. ७ मोजरैया स्थित बाट सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलील गाडी र गाडी चालक सहित नियन्त्रणमा लिएको हो । उक्त टायलको मुल्य १ लाख २४ हजार ८ सय र पिकप गाडीको करिब ९ लाख गरी १० लाख २४ हजार ८ सय मुल्य बराबर रहेको छ । नियन्त्रणमा लिएको टायल , गाडी र गाडी चालक सहित आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।

त्यसैगरी भारतबाट नेपालतर्फ भन्सार छली अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अवस्थामा २ लाख २७ हजार ४ सय ३४ मुल्य बराबरको थान कपडा, धनियाको बिउ, गरम मसला लगायतका मालसामान बर्दघाट नगरपालिका वडा नं. ७ ज्यामिरेभार स्थितबाट ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले नियन्त्रण गरिएको हो ।

त्यसैगरी सरावल गाउँपालिका वडा न. ७ बुलन्दपुर स्थित
भारतबाट नेपालतर्फ भन्सार छली अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको करिब १ लाख ९ हजार १ सय मुल्य बराबरको जेसिबीका बिभिन्न पार्टपुर्जा, थाल, ढोकाको कब्जा , चिनी, सुर्ती लगायतका मालसामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

त्यसैगरी रामग्राम नगरपालिका वडा न. १६ हकुई स्थित भारतबाट अवैध रुपमा ल्याउदै गरेको करिब १९ हजार ६ सय मुल्य बराबरको ४९ गोटा (९८ केजी) जिउदो बोईलर कुखुरा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले नियन्त्रण गरेको हो । उक्त नियन्त्रणमा लिएको कुखुरा आवश्यक कारवाहीको लागि महेशपुर पशु क्वारेन्टाईन पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए  ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot