Rashtriya Dainik

भारतका धर्म गुरु मोरारी बापुले गरे गजेन्द्र मोक्ष धामको पुजन तथा अवलोकन

आरपी उपध्याय / नवलपरासी २४ जेठ
मर्यादा पुरोषोत्तम श्री राम कथा वाचक भारतका धर्म गुरु मोरारी बापुले पुर्वी नवलपरासीको त्रिवेणी स्थित गजेन्द्र मोक्ष धामको पुजन तथा अवलोकन गर्नुभएको छ।
गण्डक ब्यारेज नाका हुँदै गजेन्द्र मोक्ष धाममा धर्म गुरु बापुलाई मुक्तिनाथ पिठाधिस स्वामी कमलनयनाचार्यका उत्तराधिकारी स्वामी कृष्ण प्रपन्नाचार्य सहितको धार्मिक व्यक्तित्वहरुले स्वागत गर्नुभएको थियो।
धर्म गुरु बापुले नारायणी गण्डकी नदीको दर्शन गर्दै यज्ञशाला,शिश महल र गजेन्द्र मोक्ष नारायण भगवानको पुजन एवं अवलोकन गर्दै केहिबेर धाममै भक्तजन साधु,सन्त संग धार्मिक गतिविधिबारे चर्चा गर्नुभएको थियो।
सो अवसरमा श्री राम कथा वाचक मोरारी बापुले मानव जिवनलाई सुखी र आरोग्य बनाउन धार्मिक क्रियाकलाप र दान,पुण्य नै उत्तम मार्ग रहेको जिकिर गर्दै गजेन्द्र मोक्ष धाममा आफुले पाइला टेक्न पाएकोमा कृतज्ञ रहेको विचार व्यक्त गर्नुभयो।
स्थानीय सञ्चारकर्मी संगको संक्षिप्त कुराकानी गर्दै भारतीय राष्ट्रिय सन्त बापुले नेपालको विभिन्न धार्मिक धरोहरले धार्मिक सन्देश पुर्याउनुका साथै हिन्दु धर्मावलम्बीहरुको धार्मिक नेतृत्व गरेको पनि बताउदै आफुले आजिवन भगवान श्री रामको जिवनीमा आधारित कथा वाचन गर्न पाउँदा कृतज्ञ भएको पनि बताउनुभएको थियो।
धर्म गुरु बापुको साथमा थाइल्यान्डका नागरिक बौद्ध भिक्षु अभन्ते मैत्रीय,भारत वृन्दावनका गुरु मोहन दास बाबा लगायतको उपस्थिति रहेको थियो।
भगवान श्री राम कथा वाचक सन्त बापुले सिमापार भारत बिहारको भैसालोटनमा जेष्ठ १८ गतेदेखि श्री राम कथा संयुक्तको धार्मिक गतिविधि सञ्चालन गर्दै आउनुभएको छ।
उक्त धार्मिक कार्यक्रममा नेपाल भारतका ठुलो सङ्ख्यामा भक्तजनहरुको उपस्थिति रहदै आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित