आरपी उपध्याय /नवलपरासी २४ जेठ
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वडा न.५ को आयोजनामा वडा अध्यक्ष कप िक्रकेट प्रतियोगिता बुधबारदेखि ठाडीघाटमा शुभारम्भ भएको छ।

सुस्ता गाउँपालिका वडा न.५ का वडा अध्यक्ष प्रभुनाथ यादवको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको प्रमुख अतिथिसमेत रहनुभएका सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले िक्रकेट खेललाई व्यवसायिक रुपमा नै विकास गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो।
अध्यक्ष उपाध्यायले िक्रकेट खेलको माध्यमबाट जिल्ला,प्रदेश,राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउने कार्यक्रममा जुट्न सबै खेलाडीलाई आह्वान गर्दै वडा तहबाटै िक्रकेटको विकास गरेर पालिका स्तरीय िक्रकेट टिम बनाउन सुस्ता गाउँपालिकाको पुर्ण सहयोग रहने पनि जिकिर गर्नुभयो।
कार्यक्रममा सुस्ता ५ का वडा सदस्य आदम हुसेन खाँ लगायतले िक्रकेट खेलको महत्वमाथि प्रकाश पार्नुभएको कार्यक्रम सञ्चालक रबिन्द्र कुमार जैसवालले जानकारी दिनुभएको छ।
“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिएको २०/२० िक्रकेट प्रतियोगितामा वडा न.५ अन्तर्गतका २० िक्रकेट टिमहरुको सहभागिता रहेको आयोजकले बताएको छ।
बुधबार भएको म्याचमा सुस्ता टाइगर र सुस्ता पेन्थरबिच भएको प्रतिस्पर्धामा सुस्ता टाइगरले निर्धारित १० ओभर खेल्दै ७ विकेटको क्षतिमा १११ रन बनाएको थियो।
जवाफी ब्याटिङ गर्दै सुस्ता पेन्थरले १० ओभर खेल्दै ९ विकेटको क्षतिमा ९० रन बनाउदा सुस्ता टाइगर २१ रनले विजयी भएको िक्रकेट खेलाडी प्रीन्स जैसवालले जानकारी दिनुभएको छ।
उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुस्ता टाइगरका रमेश जैसवाल म्यान अफ द म्याच घोषित भएका थिए।
२०/२० िक्रकेट प्रतियोगिता दस दिनसम्म सञ्चालन रहने आयोजकले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

