Rashtriya Dainik

नेपालले नेदरल्यान्ड्सलाई दियो १०७ रनको लक्ष्य

काठमाडौं ,२२ जेठ : नेपालले नेदरल्यान्ड्सलाई १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ। आइसीसी टी-२० विश्वकपअन्तर्गत अमेरिकाको ग्रान्ड प्रेरीमा भएको पहिलो खेलमा नेपाल १९.२ मै १०६ रन बनाएर अलआउट भएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। ३७ बलमा उनले ५ चौका प्रहार गरे। त्यस्तै करण केसीले १२ बलमा १७ रन बनाए भने गुल्शन झाले १५ बलमा १४ रन बनाए। सोमपाल कामी शून्य रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरीले १ रन बनाए।

त्यस्तै कुशल मल्ल ९ रन, अनिल साह ११ रन, कुशल भुर्तेल ७ र आशिफ शेख ४ रनमा आउट भए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित