राष्ट्रिय दैनिक / नवलपरासी ,१६ जेठ
गृहिणी महिलालाई लक्षित गर्दै पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे आयोजना गरिएको दश दिने अचार ,पापड र फुरनदाना बनाउने तालिम सम्पन्न भएको छ ।

तालिममा सरावल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका ३१ जना महिलाहरू सहभागी रहेका थिए । उनीहरलाई दक्ष प्रशिक्षकबाट तालिम प्रदान गरिएको पालिकाका लेखापाल नरेश काेहारले बताउनु भएको हाे ।

तालिममा प्राविधिक सहयोग परासी मल्टी सर्भिसेज कम्पनी प्रा.लि ले गरेको थियो भने तालिमकाे सहजिकरण साेभा अहिर र रजनि श्रीवास्तवले गर्नुभएको थियो ।

तालिमकाे समापन समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले गृहिणी महिलालाई लक्षित गरी ब्यवसायिक बनाउनकाे लागि याे तालिम प्रदान गरिएको बताउनुभयो । अचार ,पापड र फुरनदाना बनाउने तालिमले महिलाहरुमा आत्मनिर्भर बन्ने बाटो खुलेको बताउदै तालिमपश्चात व्यवसायिक बन्न सके महिलाहरुलाई जिविकोपार्जनमा सहयोग पुग्ने बताउँदै पालिका तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

