Rashtriya Dainik

डा. महाविर पुनले मेची महाकाली देश दौडहाको क्रममा विनयी त्रिवेणी र सुस्ता गाउँपालिकामा भेटघाट

आरपि उपाध्याय / नवलपरासी ,१५ जेठ

राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक डा. महाविर पुनले मेची महाकाली देश दौडहाको क्रममा विनयी त्रिवेणी र सुस्ता गाउँपालिकामा भेटघाट र पुस्तक बिक्री कार्य गर्नुभएको छ।


केन्द्रका सञ्चालक पुनले आफुले लेख्नुभएको आफ्नो अनुभव कथा पुस्तकलाई बिक्री गरी बिरगंजमा बन्द अवस्थामा रहेको कृषि औजार कारखाना सञ्चालन गर्ने कार्यमा खर्च गर्ने बताउनु भएको थियो।

हाल देश विकासमा काहाली लाग्दो अवस्थाबाट गुज्रिएकोमा आफुले अमेरिकामा प्राप्त विभिन्न अवार्ड बेच्न तयार रहेपनी सफल नभएपछि पुस्तक बिक्री गरेरै भएपनी उक्त कार्यबाट १ करोडको रकमलाई कृषि औजार कारखानाको प्राविधिक व्यवस्थापन तर्फ खर्च गरेर नेपाली कृषकलाई न्याय गरिने पनि उहाँले बताउनु भयो।

नेपाल मगर संघ विनयी त्रिवेणी वडा न.६ र ७ को आयोजनामा आयोजित कार्यक्रममा सञ्चालक पुनले यसबारे सरकारको ध्यानाकर्षण गरेपनी सरकारी निकायबाट असहयोग भएपछि आफुले आफ्नो जिवनी र गरिएको प्रयासबाट पुस्तकको माध्यमले देशका नागरिक, विद्यार्थी र राष्ट्र सेवकलाई जानकारी गराउने उद्देश्यले देश दौडाहामा निस्केको पुनले जिकिर गर्नुभयो।

देशको पश्चिमी भुभागबाट अभियान सुरु गरेका पुनले पुस्तक बिक्रीबाट आएको रकम व्यवस्थित गरि आफ्नो अभियानलाई सफलताको विन्दुमा पुर्याएरै छोड्ने धारणा राख्नुभयो।

त्यसैगरी सञ्चालक पुनले सुस्ता गाउँपालिकाको सभाहलमा पुगेर आफ्नो राष्ट्र भक्ति र किसान केन्द्रित कार्यलाई सफल बनाउन सबैमा अपिल गर्नुभएको थियो।
सो अवसरमा सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्याय,उपाध्यक्ष गितादेवी चौधरी,प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल लगायतले आविष्कार केन्द्रका सञ्चालक पुनलाई स्वागत गर्नुभयो।

कार्यक्रममा सुस्ता गाउँपालिका का १ देखि ५ वडासम्मका वडा अध्यक्षहरु, वडा सदस्यहरु,शाखा प्रमुख र महेन्द्र मा.वि. का छात्रछात्राहरुको उपस्थिति रहेको कार्यक्रम सञ्चालक बिजय अधिकारीले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित