राष्ट्रिय दैनिक / नवलपरासी ,११ जेठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ स्थित नेपाल रेडक्रस सोसाईटी बालपुरी उपशाखाको आयोजना विहिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उपशाखाका सभापती सञ्जय मौर्यको अध्यक्षता र सरावल गाउँपालिकाका अध्यक्ष सुखाडि प्रसाद चौधरीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बासमती हरिजन, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापती राजेन्द्र प्रसाद अग्रहरी, सरावल वडा नं. १ का अध्यक्ष विष्णु प्रसाद भट्टराई, जिल्ला शाखाका सदस्य अर्जुन क्षेत्री र कार्यक्रम संयोजक देवराज राय लगायतले रक्तदान जीवन दान बताउनु भयो ।
रक्तदान कार्यक्रमको प्राविधिक सहयोग जिल्ला शाखा नवलपरासीले गरेको हो भने उपशाखाकी सदस्य राधाकुमारी पञ्जियारले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेका बताइएको छ । कार्यक्रममा निरन्तर रक्तदान गर्ने सरावल गाउँपालिका भित्रका ५ जना रक्तदातालाई सम्मान पनि गरिएको छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

