उमेश बि.क / नवलपरासी , ११ माघ पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा ब्यवसायिक तरकारी खेती गर्ने किसानहरुलाई ७५ प्रतिशत अनुदानमा तरकारीकाे बीउ उपलब्ध भइरहेको छ। सरावल गाउँपालपका तरकारी उत्पादनमा आत्म निर्भर बनाउन ७५ प्रतिशत अनुदानमा तरकारीकाे बीउ वितरण गरिरहेकाे गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको हाे । व्यवसायिक कृषि खेती तर्फ कृषकहरुलाई आकर्षित गर्न सरावल गाउँपालिकाले किसानहरुलाई विभिन्न सर–सामाग्री उपलब्ध गराउदै अाइरहेकाे कृषिशाखा प्रमुख कुलदिप मिश्रले जानकारी दिनुभएको हाे। कृषिमा आधुनिकरण गर्दै यहाँका किसानहरुको जिवनस्तर माथि उकास्न गाउँपालिकाले अनुदानमा विभिन्न कृष यन्त्र तथा बिउबिजनहरु उपलब्ध गराउदै आएको छ ।गाउँपालिकाका किसानहरुको मुख्य पेशा नै कृषि रहेकाले किसानहरू प्रम्परागत खेती भन्दा व्यवसायिक खेती गरि बढीभन्दा बढि फाइदा लिउन र कृषिमा क्रान्ती गरून भनि गाउँपालिकाले किसानहरूलाइ व्यवसायिक खेती तर्फ प्रोत्साहित गर्दै आएको छ । गाउँपालिकाकाले किसानहरुलाई खेती गर्न सहज होस भनि अनुदानमा विभिन्न उन्नत जातको बिउ बिजनहरु उपलब्ध गराउदै आएको गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनु भयो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।