राष्ट्रिय दैनिक / नवलपरासी ,३ कार्तिक पश्चिम नवलपरासीमा हालसम्म ८ सय ४८ काेराेना संक्रमित पुष्टि भएको छ जसमध्ये सोमबार मात्रै थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित मध्ये रामग्राम नगरपालिका ११ मा रहेको हुलास अटो क्राफ्ट कम्पनीमा कार्यरत ११ जना पुरुष रहेको स्वस्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । हुलासमा कार्यरत वर्ष २२ का ३ जना, वर्ष २३ का २ जना, वर्ष २५ का १ जना, वर्ष २६ का दुई जना, वर्ष ३३ का दुईजना, २७, ३१ र ६८ वर्षका गरी १३ जना पुरुष र वडा नं. ६ की ५२ वर्षीय महिलामा संक्रमण पुष्टि भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ की ६४ वर्षकी महिला, ३९ वर्षका पुरुष रहेका छन् । सुनवल नगरपालिका वडा नं. ३ की ४० वर्षीय महिला, वडा नं. ९ का २६ वर्षीय पुरुष, वडा नं. ११ का २३ वर्षीय पुरुष, वडा नं. १२ का १३ वर्षका बालक र १८ वर्षीय किशोरीमा संक्रमण देखिएको छ । यस्तै सुस्ता गाउँपालिका वडा नं. १ की ६८ वर्षीय महिलामा संक्रमण पुष्टि भएको छ । जिल्लामा सोबार ७ जना पुरुष संक्रमित निको भएका छन् । पिसिआर परिक्षणका लागि पठाईएका मध्ये ८६ जनाको नतिजा आउन बाँकी रहेको छ । सोमबार थप ४१ जनको स्वाब संकलन गरीएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कृष्ण प्रसाद पोखरेलले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएकाे हाे। हालसम्म पश्चिम नवलपरासीमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।